शनिबार, जेठ ४, २०८२

भीम रावल गृह प्रदेशमै कमजोर हुनुमा यस्ता छन् तीन कारण

‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं यी व्यक्तिहरुले नै आफ्नो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सही बाटोमा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गर्नेछ।’
 |  बुधबार, मंसिर ८, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, मंसिर ८, २०७८

धनगढी– नेकपा एमालेको १० औं महाधिवेशन अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष भीम रावल गृह प्रदेशमै कमजोर देखिएका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल कमजोर हुनुमा विगतमा उनलाई साथ दिँदै आएका नेताले  नेकपा (एकीकृत समाजवादी) रोज्नु, अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्ना समर्थकलाई मात्र महाधिवेशन प्रतिनिधि छनोट गर्नु र विगतमा मोओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले लेखराज भट्टलाई साथ दिनु जस्ता कारण छन्।

विगतमा रावल पक्षका खास नेताहरु कैलाली इन्चार्ज एवम् भौतिक मन्त्री दीर्घ सोडारी, मन्त्री तारा लामा तामाङ, पूर्णा जोशी भीम, माया भट्ट यति बेला नेकपा एसमा छन्। यद्यपि प्रकाश शाह, झपट रावल, कृष्ण सुवेदीजस्ता नेताहरुले भने रावलको साथ छाडेका छैनन्।

यस्तै अध्यक्ष ओली पक्षले एकलौटी रुपमा प्रतिनिधि छनोट गरेकाले पनि रावल कमजोर देखिएको एमालेकै नेताहरु स्वीकार गर्छन्।  वडादेखि प्रदेशसम्म नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व रहेको एमालेका एक नेताले बताए। एमालेका एक नेता भन्छन्, 'भीम रावलले दोधारे चरित्र बनाएर काम गरेकाले ओली रावलसँग पहिल्यै चिढिएका थिए। त्यसैले प्रतिनिधि छनोटमा रावल नजिकका कार्यकर्ता त्यति समेटिएका छैनन्।' ओलीले रावललाई पछाडि पार्न रणनीतिक रुपमा काम गरेकाले पनि रावल कमजोर देखिएको ती नेताको बुझाइ छ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशबाट प्रदेशबाट एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। नेताहरुका अनुसार महाधिवेशन प्रतिनिधिमा छानिएका नेतामध्ये पनि रावल पक्षका असाध्यै कम छन्। एमालेका एक जिल्ला इन्चार्ज भन्छन्, 'रावलको अवस्था निकै कमजोर छ। खुलेर भन्दा आफ्नै राजनीतिक धरापमा पर्ने डर छ। महाधिवेशन प्रतिनिधिमा उहाँका १३/१४ जना भन्दा बढी छैनन्।' 

महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११, बाजुराबाट २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना जना छनोट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए। रावल कमजोर हुनुमा उनलाई थापाले पनि साथ छाड्नु हो। थापाले सुदूरपश्चिम संयोजक लेखराज भट्टलाई साथ दिँदै आएका छन्। यस्तै पूर्व माओवादीबाट आएका अन्य नेताले पनि भट्टलाई साथ दिएका छन्। 

रावल निकट एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रदेशमा रावलको उपस्थिति बलियो रहेको बताउन सक्दैनन्। उनी भन्छन्, ‘अध्यक्ष ओलीसँग चिढिएका धेरै नेताहरुले रावललाई साथ दिनुहुनेछ।’ पार्टीलाई १० बुँदे सहमतिको आधारमा लग्‍नुपर्छ भन्ने पक्षमा रहेको नेताहरुले पनि रावललाई साथ दिने उनले बताए। सुदूरपश्चिम प्रदेशको अछामबाट राजनीति सुरु गरेका रावल पार्टीको प्रदेश इन्चार्ज र केन्द्रीय उपाध्यक्षको नेतृत्व गरिरहेका छन्।  नवौं महाधिवेशनमा रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए।

कैलालीमा क्षेत्र नम्बर २ मा विवाद

महाधिवेशन प्रतिनिधि एकलौटी ढंगबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद भएको थियो। ओली समूहमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए। 

‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं।'

रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा लगायतले एक हजार दुई सय व्यक्तिको भेला गराई महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए। अधिकांश कार्यकर्ताले अहिले पार्टी एकता नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेकाले केन्द्रीय समिति पनि सर्वसम्मत ढंगले चयन गरिने नेकपा एमालेका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए। 

प्रदेशमा महाधिवेशन प्रतिनिधि छनोटपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष थापाले भनेका थिए, ‘अहिले महाधिवेशन प्रतिनिधिले सर्वसम्मत ढंगबाट पुनः ओलीलाई नै अध्यक्ष बनाउनेछ।’ 

प्रदेश सचिव राजेन्द्र रावलले अहिले कुनै समूह वा प्यानल नभनेर महाधिवेशन छनोट गरेको बताए। ‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं’, उनले भने, ‘यी व्यक्तिहरुले नै आफ्नो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सही बाटोमा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गर्नेछ।’

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्वारिका न्यौपाने महाधिवेशन प्रतिनिधि चयन भएका छन्। निर्वाचन क्षेत्र नं २ ले रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउँद, गजेन्द्र स्वाँर धरमबहादुर थापामगर छन्। निर्वाचन क्षेत्र नम्बर ३ बाट रतन रेग्मी, छाया देवकोटा, नरेन्द्र बटाला, विष्णु चौधरी, नवराज शाही छन्। 

निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउद, पदमसिह सिंगाल, रामप्रसाद चौधरी, किसन साउँद र धनबहादुर रोकामगर छन्। निर्वाचन क्षेत्र नं ५ बाट जीवनकुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, रुक्मिणी देवकोटा छन्। अन्य ठाउँमा सर्वसम्मत भए पनि कञ्चनपुर क्षेत्र नम्बर १ र कैलाली क्षेत्र नम्बर ४ मा भने मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

सुदूरपश्चिमबाट नयाँ दाबेदार थपिँदै

दसौं महाधिवेशनमा सुदूरपश्चिमबाटकेन्द्रीय सदस्यका दाबेदार थपिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सदस्य डा. दीपकप्रकाश भट्ट, बैतडीका प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नरबहादुर धामी, डडेल्धुराका प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री पठानसिंह बोहरा, बैतडीका प्रदेश सभा सदस्य लीलाधर भट्ट, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी केन्द्रीय सदस्यको दाबेदारी गरेका छन्।

कैलालीका नेकपा (एमाले) का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा, डोटीका अध्यक्ष चक्र मल्ल, अछामका पूर्वअध्यक्ष कमल तिमिल्सेना र कैलालीका युवा नेता धर्मराज पाठक पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।

बैतडीका भण्डारी नवौं महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए। दाबेदारको संख्या अझै बढ्ने सम्भावना रहेको बताइन्छ। उम्मेदवारमध्ये अछामका कमल तिमिल्सेना प्रदेश कमिटीबाट प्रतिनिधि बनेको बताइन्छ भने अरु सबै जिल्ला तथा निर्वाचन क्षेत्रबाट प्रतिनिधि भएका हुन्।

यसपटक उम्मेदवार बन्ने प्रायः सबैले पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका छन्। कञ्चनपुरका प्रतिनिधिसभा सदस्यद्वय भट्ट र धामी तथा कैलालीका पाठक अनेरास्ववियुको राजनीतिबाट आएका हुन्। भट्टले भारत प्रवासमा धामी र पाठकले नेपालमा केन्द्रीय स्तरको अखिलको काम गरेका छन्।

प्रकाशित: Nov 24, 2021| 09:39 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।