बुधबार, जेठ ८, २०८२

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ। यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

डोटी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ। यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन्। ती मेला अर्थात् जात्राका लागि जिल्ला बाहिर तथा कामका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएका यहाँका नागरिक अहिले आ–आफ्ना गाउँ फर्किएका छन्। कामका लागि जिल्ला बाहिर गएका नागरिक गाउँ फर्किएका कारण यहाँका गाउँघर रमणीय बनेका शिखर नगरपालिका–२ का शेरबहादुर बोगटीले बताए।

ठूला चाड दसैं, तिहार सकिएसँगै यहाँका पहाडी जिल्लामा जात्राको रौनक छाएको हो। कात्तिक शुक्ल पक्षबाट अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपीठ तथा मन्दिरमा जात्रा सुरु हुने भएकाले जात्राको रौनक छाएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा पुजारी डिल्लीराज जोशीले जानकारी दिए।

कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपीठमा जात्रा लाग्ने गर्दछ। गएको दुई वर्षदेखि कोरोना त्रासका कारण जात्रा हुन सकेका थिएनन्। अहिले संक्रमण कमी भएका कारण जात्रा सुरु हुन थालेको शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले बताए।

जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै दर्शनका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम सुरु भइसकेको छ।  यहाँका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्न अहिले तराईका जिल्लाबाट पहाड आउनेको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख महासिंह साउदले जानकारी दिए।

डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूलाकेदार, मसानी, शैलेश्वरी, दिपायल जात, मष्टो, ब्वाराकी जातलगायत मन्दिरमा जात्राको तयारी भइरहेको छ।

त्यस्तै जिल्लाको जोरायल–५ गड्सेरास्थित मसानी जात, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतका अन्य मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ। ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका छन्। उक्त मेला यही मंसिर १ गते सम्पन्न भइसकेको छ। 

राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको बताइएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्।

वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुईपटक मेला तथा जात्रा लाग्ने गर्दछ। सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हुँदै गएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए।   -रासस

प्रकाशित: Nov 19, 2021| 10:23 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।