बिहीबार, जेठ ९, २०८२

वडा सदस्य कुटपिट प्रकरण : जनकपुर–२० मा निषेध आदेश थपियो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्यलाई एक समूहले कुटपिट गरेपछि उत्पन्न तनावका कारण त्यहाँ लगाइएको निषेध आदेश मंगलबारसम्मका लागि बढाइएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्यलाई एक समूहले कुटपिट गरेपछि उत्पन्न तनावका कारण त्यहाँ लगाइएको निषेध आदेश मंगलबारसम्मका लागि बढाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले विज्ञप्ति जारी गर्दै आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेध आदेशलाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जनाएका छन्।

देवपुरा रुपैठास्थित तेलिया पोखरीमा अर्घ राख्नका लागि निर्माण गर्न लागेको घाटको विषयमा हिन्दू–मुस्लिम समुदायबीच विवाद भएको थियो। सो विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसोदेखि आइतबार राति १० बजेसम्मका लागि निषेध आदेश जारी गरेको थियो।

तर आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का सदस्य महावीर महतोलाई कुटपिट गरेपछि स्थानीय प्रशासनले निषेध आदेशलाई मंगलबार राति १० बजेसम्मका लागि थप गरेको हो। स्थानीयको एक समूहले कुटपिट गरेपछि घाइते भएका वडा सदस्य महतो प्रादेशिक अस्पतालमा उपचार गराएर घर फर्केका छन्। 

जिल्ला प्रशासन कार्यालय धनुषाले देवपुरा रुपैठा स्थित पूर्वमा जलाद नदीको कर्ली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेध आदेश जारी गरिएको छ।

प्रकाशित: Nov 14, 2021| 19:29 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।