मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिहारमा निजी नर्सिङ होम र अस्पतालविरुद्ध आवाज उठाउने पत्रकारको हत्या

बिहारमा निजी नर्सिङ होम र अस्पतालविरुद्ध आवाज उठाउने पत्रकारको हत्या

भारतको बिहारस्थित मधुबनी जिल्लामा नर्सिङ होम तथा अस्पतालहरुमा हुने बेथितिबारे आवाज उठाउने एक स्थानीय पत्रकार मृत भेटिएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

बीबीसी

बीबीसी

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– भारतको बिहारस्थित मधुबनी जिल्लामा नर्सिङ होम तथा अस्पतालहरुमा हुने बेथितिबारे आवाज उठाउने एक स्थानीय पत्रकार मृत भेटिएका छन्। पत्रकार बुद्धिनाथ झाको शव आधा जलेको अवस्थामा भेटिएको हो।

अस्पताल सञ्चालकले नै झाको हत्या गराएको आरोप परिवारले लगाएका छन्। प्रहरीले हत्याको पुष्टि गर्दै अनुसन्धान भइरहेको र केहीलाई हिरासतमा लिइएको बताएको छ। पक्राउ परेका व्यक्तिहरु अस्पतालसँग सम्बन्धित हुन् वा होइनन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। 

बीबीसी हिन्दीका अनुसार मधुवनीका सिभिल सर्जन सुनीलकुमार झाका अनुसार मारिएका पत्रकार झाले लगातार निजी नर्सिङ होम तथा अस्पतालविरुद्ध आवाज उठाइरहेका थिए। उनकै उजुरीपछि चारवटा नर्सिङ होमले ५०–५० हजार जरिवाना पनि तिर्नुपरेको थियो। 

२२ वर्षीय पत्रकार झा दुई वर्षयता बीएनएन न्यूज बेनीपट्टी नामको अनलाइन न्युज पोर्टलमा काम गर्दै आएका थिए। बुद्धिनाथका भाइ त्रिलोक झाले भने, ‘पहिले उसले आफैं क्लिनिक सुरु गरेको थियो, जहाँ बाहिरबाट आएका डाक्टरहरु स्थानीय मानिसको उपचार गर्थे। तर स्थानीय नर्सिङ होमहरुले उसलाई अति सताउन थाले। उसले क्लिनिक नै बन्द गर्नुपर्ने अवस्था आयो। त्यसपछि ऊ फर्जी नर्सिङ होमको धन्दा बन्द गराउन लागिपरेको हो।’

बुद्धिनाथ पछिल्लो तीन वर्षदेखि लोक शिकायत निवारण पदाधिकारीसमक्ष आफ्नो इलाकाका नर्सिङ होमहरुको बदमासीविरुद्ध शिकायत गरिरहेका थिए। उनको उजुरीअनुसार केही कारबाहीमा पनि परेका थिए। १९ वटा ल्याब र नर्सिङ होम त बन्द नै गर्न सरकारले आदेश जारी गरेको थियो। 

पछिल्लो पटक ७ नोभेम्बरमा फेसबुकमा एक पोस्ट गर्दै बुद्धिनाथले नर्सिङ होमविरुद्धको खेल १५ नोभेम्बरदेखि फेरि सुरु हुने घोषणा गरेका थिए। दुई दिनपछि उनी बेपत्ता भए। १२ नोभेम्बरमा उनको शव भेटियो। 

प्रकाशित: Nov 14, 2021| 10:07 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।