धनगढी- नेपाली कांग्रेसको कैलाली जिल्लामा आज वडा अधिवेशन भइरहेको छ। आज जिल्लाका १ सय २६ वडामा एकैसाथ अधिवेशन गरिने कैलाली कांग्रेसले जनाएको छ।
क्रियाशील सदस्य विवादका कारण कैलालीमा वडा अधिवेशनको मिति सर्दै आएको थियो। वडा अधिवेशनबाट छनोट हुने प्रतिनिधिहरूले जिल्ला कार्यसमितिको सभापति र पदाधिकारीको हुने भन्ने निर्क्योल गर्ने भएकोले जिल्ला सभापतिको दौडमा रहेका नेताहरू निकै व्यस्त देखिएका छन्।
आज हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कैलाली कांग्रेसले जनाएको छ। कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ।