कैलाली- धनगढी उपमहानगरपालिकामा कात्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल तथा कोभिसिल्ड खोप लगाइने भएको छ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा आज र भोलि कोभिड-१९ विरुद्धको खोप लगाउने बताए।
१८ वर्षमाथिका पहिलो खोप लगाएका सम्पूर्णलाई खोप लगाइने बताउँदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन आग्रह गरेका छन्।