बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कार्यपालिका बैठक डाक्न माग गर्दै जनकपुरका वडाध्यक्षले बुझाए ज्ञापनपत्र

कार्यपालिका बैठक डाक्न माग गर्दै जनकपुरका वडाध्यक्षले बुझाए ज्ञापनपत्र

जनकपुरधामका केही वडाध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै उपप्रमुख रीताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

जनकपुरधाम– जनकपुरधामका केही वडाध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै उपप्रमुख रीताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन्। 

नगरप्रमुख लालकिशोर साहका कारण जनकपुरधाम उपमहानगरपालिकामा विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको उपमहानगरका १२ जना वडाध्यक्षहरुको आरोप छ। 

नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानुनी व्यवस्था भए पनि विगत पाँच महिनादेखि उपमहानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएको वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए। 

उनले सात दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापनबारे छलफल गराएर कानुनबमोजिम निर्णय गरिदिन माग गरेका छन्। 

उनीहरुलेआफूहरुका माग बेवास्ता गरिए थप कदम अगाडि बढाउने चेतावनी  दिएका छन्। वडा नम्बर–१, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडाध्यक्ष र श्यामा झा तथा चञ्चला देवीलगायत कार्यपालिका सदस्यले उपप्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रकाशित: Nov 08, 2021| 22:10 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।