दोलखा– दोलखामा रहेको छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठूलो हिमताल मानिन्छ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्रअन्तर्गत पर्दछ।
समुद्र सतहबाट ४५८० मिटर उचाइमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि भएको अनुमान छ। बढीमा २७० मिटर गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ। कोरोना महामारी जोखिम न्यून भएसँग छोरोल्पा हिमतालमा पर्यटकको चहलपहल बढेको छ।