बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी

डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी

एमाले डडेल्धुराले पाँचवटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

डडेल्धुरा- एमाले डडेल्धुराले पाँचवटा स्थानीय  तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो।  

सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट अमरगढी नगरपालिका गणेश कठायत, परशुराम नगरपालिका ओम प्रकाश जोशी, आलिताल गाउँपालिका अमर पुन, भागेश्वर गाउँपालिका दिपक महता र अजयमेरु गाउँपालिका राजबहादुर पाल अध्यक्षमा चयन भएका छन्। 

सात स्थानीय तहमध्ये अधिवेशन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रकाशबहादुर साउदले बताए। उनका अनुसार बाँकी रहेका नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तिहारपछि अधिवेशन गरिने भएको छ। 

अधिवेशनमा एमाले नेता डा. तारा जोशी समूह निर्वाचनमा सहभागी भएको छैन। जोशी तत्कालीन एमालेका अध्यक्षसमेत हुन्। साविकको एमाले अध्यक्ष जोशी रहेको उल्लेख गर्दै एमाले नेता धनबहादुर साउदले १० बुँदे सहमति कार्यान्वयन नभएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए। 

उनले भने, ‘म एमाले डडेल्धुराको सचिव हुँ, मलाई कुनै जानकारी नगरी एकलौटी रूपमा गरिएका पार्टी गतिविधिको सन्देश नकारात्मक हुनेछ।’

केन्द्रीय कमिटीले गरेको १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने एमालेका नेता तथा नवदुर्गा गाउापालिका अध्यक्ष कविन्द्र बिष्टले बताए।

पार्टी एकता र १० बुँदे कार्यान्वयमा नेता तथा कार्यकर्ता एकमत हुनुपर्ने अध्यक्ष बिष्टको भनाइ छ। जिल्लाका ५२ वटा वडा मध्ये ४८ वडामा अधिवेशन सम्पन्न भएको छ। चारवटा वडामा अधिवेशन हुन सकेको छैन।

प्रकाशित: Nov 04, 2021| 18:35 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।