सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिम सरकारमा एकीकृत समाजवादी र कांग्रेसको आ-आफ्नै दाबी

सुदूरपश्‍चिम सरकारमा एकीकृत समाजवादी र कांग्रेसको आ-आफ्नै दाबी

सुदूरपश्‍चिम सरकार फेर्ने कसरत सुरु भएको छ। उक्त कसरतसँगै मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

धनगढी- सुदूरपश्‍चिम सरकार फेर्ने कसरत सुरु भएको छ। उक्त कसरतसँगै मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। 

नेपाली कांग्रेसले यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाएर आफ्नो पार्टीबाट मुख्यमन्त्री बनाउनका लागि यसअघि नै कांग्रेसका प्रदेशसभा सदस्यहरुले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका थिए। भेटमा देउवाले छलफल गरेर चाँडै जवाफ दिने बताएका थिए। 

पछिल्लो समय नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको हो। त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ। 

एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका अनुसार प्रदेश सभामा ठूलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो।

‘एकीकृत समाजवादी पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले आफ्नो पार्टीको नेतृत्वमा प्रदेशस सरकार बनाउनुपर्ने माग राख्दै केन्द्रलाई पत्राचार गर्ने निर्णय गरिएको छ,’ संसदीय दलका नेता सोडारीले भने, ‘केन्द्रको रायअनुसार आगामी रणनीति तय हुने छ।’ उनले बैठकका थप निर्णय भने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए। 

प्रदेश सभामा नेकपा एस ठूलो दल भएका कारण सरकारको नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक भएको उनले बताए। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा आउँदा पनि त्यसको केही संकेत देखाएका थिए। गत बिहीबार कञ्चनपुर पार्टी कार्यालय उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तन भए ठूलो दलका हैसियतले त्यसको नेतृत्व नेकपा एसले गर्ने बताएका थिए। 




प्रकाशित: Nov 01, 2021| 04:00 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।