काठमाडौं- रारा समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। दिनमा पटकपटक रङ फेरिरहने रारा घुम्न दसैं बिदामा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ।
राराले कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिक अनि कहिले खैरो रङ धारण गर्छ। मुगुमा अवस्थित रारा नेपालकै प्रसिद्ध ताल हो।
जिल्ला सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टा पैदल यात्रा गरेपछि रारा पुग्न सकिन्छ। १०.८ वर्ग किलोमिटरमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ। कोरोनाले थलिएको राराको पर्यटन व्यवसाय कोरोना संक्रमणमा कमी आएसँगै चहलपहल बढ्न थालेको छ।