बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री देउवा

बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न उनी सुदूरपश्चिम गएका हुन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न उनी सुदूरपश्चिम गएका हुन्।

चैनपुरमा पुगेर उनले बाढी र पहिरोको क्षतिका बारेमा स्थानीय प्रशासनसँग जानकारी लिएका छन्। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै उनी बझाङ पुगेका हुन्। प्रधानमन्त्रीको टोली बझाङको थालारा, बैतडीको ढुंगाड र डडेल्धुरा सदरमुकाम पनि पुग्नेछ।

प्रम देउवाले जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढीपहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको टोली शुक्रबार काठमाडौं फर्किनेछ। टोलीमा पर्यटनमन्त्री प्रेम आले पनि छन्। त्यसैगरी टोलीमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन्।

प्रकाशित: Oct 21, 2021| 13:18 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।