बुधबार, जेठ ८, २०८२

भारतले कैलाशपुरी बाँध बन्द गर्दा टीकापुर डुबानमा

कर्णाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ। तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

धनगढी- भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टीकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ। कर्णाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ। तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो। 

टीकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ पर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ। 

टीकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध  फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टीकापुरको पूर्वि क्षेत्र डुबानमा परेको उनले बताए। ‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्ष ठकुल्लाले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए। ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ उनले भने। 

यसैगरी, रानीजमरा कुलरिया सिंचाइ आयोजनाको साईड ड्याम फुटेर बस्तीमा छिरेको पानीका कारण टीकापुर बजारसमेत डुबानमा परेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश साप्कोटाका अनुसार मंगलबार नहरबाट जानकी नगरपालिका क्षेत्रमा पसेको पानी बग्दै टीकापुर बजार क्षत्रमा पुगेपछि अहिले टीकापुर बजार क्षेत्र डुवानमा परेको हो। -मोहन जोशी / न्युज कारखाना

प्रकाशित: Oct 20, 2021| 12:36 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।