शनिबार, जेठ ४, २०८२

भित्र्याउन लागेको धान पानीले डुबायो

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।
 |  सोमबार, कात्तिक १, २०७८

भीम चौधरी

भीम चौधरी

सोमबार, कात्तिक १, २०७८

धनगढी– कैलालीको भजनी नगरपालिका–९ डोङ्गपुरकी सोनादेवी चौधरीले दशैं नमानी धान भित्र्याइन्। सोनादेवीले धान भित्र्याएपछि दशैं लगत्तै ५ कठ्ठामा मसुरो र लाही छरिन् । आलु लगायत तरकारी लगाइन् । तर, आइतबारदेखि परेको पानीले उनको मसुरो र लाही तथा तरकारीमा क्षति पुग्यो। 

मसुरो र लाही लगाउँदा ३ हजार रुपैयाँ बराबरको मल, जोताई एक हजार तथा बिउमा गरेको लगानी सबै डुबेको सोनादेवीले बताइन्। ‘८ कठ्ठामा गहुँ लगाउँछु भनेर राखेको थिएँ,’ सोनादेवीले भनिन्, ‘५ कठ्ठामा लगाएको मसुरो र लाही पानीले क्षति पु¥यायो, अब सो जमिनमा पनि गहुँ नै लगाउँछु।’

भजनी नगरपालिका–९ पचमुडियाका पञ्चराम चौधरीले डेढ बिगाह क्षेत्र फलमा लगाएको धान खेतमै पानीमा डुबेको बताए। ‘७ कठ्ठामा लगाएको धान काटेका थियौं तर दशै अगाडि आएको पानीले भिजायो,’ पञ्चरामले भने, ‘दशैं यता डेढ बिगाह क्षेत्रफलमा लगाएको धान काटेर खेतमा राखेका थियो सबै बर्बादा नै भयो,’ उनले भने, ‘लगातारको वर्षाले यो पालिको धानबाली नष्ट गरेको छ।’ 

भजनी नगरपालिका–९ डोङ्गपुरका सन्दीपराम चौधरीले धान काटेर थ्रेसरका लागि थुपारेको धान पानीले पूरा भिजाएको बताए । ‘काटेर राखेको थियो, थ्रेसर लगाउन बाँकी थियो,’ सन्दीपरामले भने, ‘दशैं मनाएर भित्र्याउने सोच बनाएका थियौं तर पानीले सबै नोक्सान ग¥यौं ।’ उनले ८ कठ्ठामा लगाएको धान लगातारको वर्षाले नोक्सान गरेको बताए।

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । लामो समयसम्मको वर्षाका कारण दशैं अगाडि भित्र्याउन नसकिएको धान दशैं लगत्तै भित्र्याउन चटारो थियो ।

दशैं लगत्तै काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि यहाँका किसान चिन्तित भएका छन् । कैलालीको फुलवारी, हसुलिया, भजनी लगायत ठाउँमा काटेर सुकाइएको धानबालीमा डुबाएको छ । 

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले वर्षाका कारण काटेर राखिएको धान बालीमा क्षति पुगेको बताए । उनले भने, काटेर सुकाइएको धानबाली पानीले पूरै डुबाउदा क्षति भएको छ । क्षतिको एकीन विवरण आउन समय लाग्ने बताउँदै शर्माले जिल्लामा ७० हजार बढी क्षेत्रफलमा धान खेती हुने गरेको बताए । 

यता, लगातारको वर्षाका कारण गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित खुटिया नदीमा बालुला, ढुङ्गा निकाल्न भनेर गएको समयमा बाढीले नदीको बिच भागमा फसेका २ जनाको उद्धार गरीएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले खुटीया नदीको बिच भागमा फसेका वडा नम्बर ९ बल्मीका ४० वर्षीय मानबहादुर थापा र उनकी श्रीमती ३६ वर्षीय रेबु थापाको उद्धार गरेको जनाएको छ । 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी वल नम्बर ४७ गण बनबेहडाको संयुक्त टोलीले उद्धार गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदेशमा भारी वर्षा भइरहेकोले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय  र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

लगातारको वर्षाले कैलालीका नदीमा पानीको बहाव बढेको छ ।

प्रकाशित: Oct 18, 2021| 19:08 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।