मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोलम्बियास्थित अमेरिकी दूतावासका कर्मचारीलाई देखियो 'हवाना सिन्ड्रोम'

कोलम्बियास्थित अमेरिकी दूतावासका कर्मचारीलाई देखियो 'हवाना सिन्ड्रोम'

कोलम्बियास्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीहरुमा हवाना सिन्ड्रोमको प्रकोप देखिएको बताइएको छ। उक्त संक्रमणको अनुसन्धान भइरहेको अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
 |  बुधबार, असोज २७, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज २७, २०७८

बोगटा- कोलम्बियास्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीहरुमा हवाना सिन्ड्रोमको प्रकोप देखिएको बताइएको छ। उक्त संक्रमणको अनुसन्धान भइरहेको अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

बोगोटामा रहेका अमेरिकी दूतावासमा कर्मचारीहरुलाई रहस्यमय रोग लागेको बीबीसीले जनाएको छ। यस रोगले कानमा निकै पीडादायी आवाज गुन्जिने, थकान महसुस हुने र चक्कर लाग्‍ने हुन्छ। 

सन् २०१६ मा पहिलो पटक क्युबामा रहेका अमेरिकी कूटनीतिज्ञमा हवाना सिन्ड्रोम देखिएको थियो। यो कहाँबाट सुरु भयो भन्‍ने हालसम्म पत्ता लाग्‍न सकेको छैन। 

कोलम्बियाका लागि अमेरिकी राजदूत फिलिप गोल्डबर्गले वाल स्ट्रिट जर्नललाई पठाएको एक इमेलमार्फत कर्मचारीहरुले एक वर्णन गर्न नसकिने किसिमको एक स्वास्थ्य समस्या देखिएको बताएका हुन्। 

कोलम्बियाका राष्ट्रपति इभान ड्युकले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार यस संक्रमणको अनुसन्धान भइरहेको छ। यसको नेतृत्व अमेरिकी अधिकारीहरुले गरिरहेकोसमेत उनले बताएका छन्। 

मध्य सेप्टेम्बरदेखि सुरु भएको यसको संक्रमणबाट करिब २०० जना बिरामी भएका छन्। शुक्रबार बर्लिनस्थित अमेरिकी दूतावासका कर्मचारीमा पनि यस्तो संक्रमण देखिएको बताइएको थियो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको अनुसन्धान गरिने र यसमा को जिम्मेवार छ भन्‍ने पत्ता लगाइने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रकाशित: Oct 13, 2021| 22:00 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।