शुक्रबार, जेठ १०, २०८२

दसैं सम्झना : न ढोलक बज्यो, नत दसैंको रौनक नै छ

दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे। ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो। तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

सप्तरी- ‘दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे। ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो। तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए।

२०६२/०६३ सालको मधेस आन्दोलनले पहिचानको अधिकार मागेसँगै दसैंमा अनिवार्य ढोलक बजाउने चलन उन्मुलन नै भयो। तराईको राम (चमार) समुदायले ढोलक बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि सामूहिक रुपमा ढोलक बजाउन भने छोडेका छन्।

राजविराज–७ कि ६५ वर्षीया राजु देवी उपाध्यायले पनि केही वर्षयता दसैंमा ढोलकको आवाज नसुनेको बताइन। ‘घटस्थापनादेखि नै ढोलक बज्थ्यो। नवरात्रिभरी ढोलक बजाएपछि विजया दशमीको दिन ढोलहा (ढोलक बजाउने) लाई घरधनीले पैसा, चापल जे सक्थे दिन्थे,’ उनले भनिन् सकिन्यो, अचेल त न ढोलक बज्छ न दसैं नै रमाइलो लाग्छ।’ 

उनले त्यति बेलाको दसैंको रौनक नै अर्कै भएको बताइन। उनले भनिन्, ‘परिवारका सदस्य, आफन्त सबै भेला भएर सुख दुःखका कुरा हुन्थे। छिमेकीहरू पनि परिवारकै सदस्य जस्तो लाग्थ्यो। तर अहिले त जो जहाँ छन् त्यहीँ दसैं मनाउन थाले।’ 

अहिले त आफ्नै परिवारका सदस्य पनि एकै ठाउँमा बसेर दसैं मनाउन नचाहने ६० वर्षीया राधिका शाहले बताइन। बाहिरबाट कोही आए पनि घरभित्रै कोठाकोठामा मोबाइलमा व्यस्त हुने उनको भनाइ छ। उनले भनिन्, ‘कसैलाई कसैसँग मतलब नै छैन। न त रमझम छ, न त खुसी नै छ।’

राजविराज नगरपालिका–१६ कि ५५ वर्षीया विमला देवले पनि पहिले जस्तो एक अर्काप्रति माया, स्नेह हराएको बताइन। ‘आफ्नोपन नभएकोले चाडपर्व खल्लो हुनु स्वभाविकै हो।’ समय परिवर्तन भएसँगै यस्तो भए पनि पहिले पहिले दसैको आन्नद अर्कै रहेको देवको भनाइ छ। -सुधा देव/न्युज कारखाना

प्रकाशित: Oct 13, 2021| 17:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।