आइतबार, जेठ ५, २०८२

'गड मदर' भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना

सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन्। अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

मुम्बई- भारतीय अभिनेत्री रेखाले आइतबार आफ्नो ६७औँ जन्मदिन मनाइरहेकी छन्। सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन्। अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ। 

कंगनाले रेखासँगको एउटा पुरानो फोटो शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मेरी प्रिय गड मदर रेखाजी। ग्रेस, एलिगेन्स एण्ड ब्युटी।’

कंगनाले शेयर गरेको रेखासँगको उक्त फोटो विराट कोहली र अनुष्का शर्माको विवाह पार्टीमा खिचिएको थियो। कंगनाकी बहिनी रंगोलीले केही वर्षअघि नै दिदी कंगना रेखाझैँ बन्न चाहेको खुलासा गरेकी थिइन्।

कंगनाले रेखालाई गड मदर भन्न थालेपछि रेखाले पनि उनलाई मराठी तारका अवार्ड समारोहमा यदि आफ्नी छोरी भइदिएकी भए कंगना जस्तै हुने थिई भनेकी थिइन्। सो अवार्डमा कंगनाले रेखालाई एउटा विशेष उपहार दिएकी थिइन्। त्यसपछि मन्तव्य राख्ने क्रममा रेखाले कंगनाको तारिफ गरेकी थिइन्।

सो अवार्ड कार्यक्रममा कंगनाले कालो रङको साडी पहिरिएकी थिइन्। कुरैकुरामा कंगनाले सो साडी आफूलाई रेखाले उपहार दिएको खुलासा गरेकी थिइन्। 

एक पटक कंगना फिल्म फेयर अवार्डमा सहभागी हुन सकिनन्। त्यतिबेला उनले क्विन फिल्मबाट अवार्ड जितेकी थिइन्। कंगनाले एउटा अन्तर्वार्तामा सो अवार्ड आफूलाई रातको तीन बजे रेखाले फूलको गुच्छासहित घरमा ल्याइदिएको बताएकी थिइन्।

त्यो नै आफ्ना लागि अहिलेसम्मकै आश्चर्यचकित पल भएको कंगनाले बताउने गरेकी छन्। उनले रेखालाई आफ्नो अभिभावकका रूपमा समेत लिने गरेकी छन्। -न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 22:10 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्