शुक्रबार, जेठ ३, २०८२

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिने भएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरु हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरुलाई तोकिएको समयमै सोमबार सम्पन्न गर्नेबारे छलफल भएको छ।

त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनर्निर्माणलाई अगाडि लैजानुपर्ने बताए। हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको जोड थियो।

समितिका सभापति कल्याणी कुमारी खड्काले बाँकी पुनर्निर्माणका कार्यहरु अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनेर सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताउँदै समयमै सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयहरुलाई समितिका तर्फबाट निर्देशन दिएकि छन्।

सांसद गणेश कुमार पहाडीले विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय कार्यहरु अझै पनि अलपत्र रहेको दृष्टान्त राख्दै पुनर्निर्माणका बाँकी कार्यहरु त्यस्तो हुन नदिन मन्त्रालयहरुको ध्यानाकर्षण गराए।

त्यस्तै, शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव प्रसाद कोइराला, शहरी विकास सचिव डा।रमेश प्रसाद सिंहले हस्तान्तरण भएर आएका कार्यहरु प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।  

शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठा, शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाई ९आवास तथा भवन० का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कार्यहरुको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिंदै पुनर्निर्माणका कार्यलाई प्राथमिकता दिइने बताए।

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारी, विभिन्न मन्त्रालयका सहसचिव लगायतका अधिकारीहरुको पनि उपस्थिति थियो।

प्रकाशित: Oct 05, 2021| 06:54 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।