काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गन दोलाखमा दोस्रो चरणमा भएको जिल्ला अधिवेशनमा तारा खड्कालाई पराजित गर्दै बर्मा लामा विजयी भएका छन्। लामा कांग्रेस नेता कृष्ण सिटौला निकटका नेता हुन्।
आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सोमबार पुन: निर्वाचन भएको हो।
दोस्रो चरणको निर्वाचनमा खसेको कुल एक हजार ३७३ मतमध्ये लामाले ८७७ मत ल्याउँदा खड्काले ४८५ मत प्राप्त गरेका हुन्।
लामा पौडेल पक्षका हुन् भने लामा सिटौला निकट नेता हुन्।
पहिलो चरणमा लामाले ६४३ मत ल्याएका थिए भने तारा खड्काले ३९७, रुद्र खडकाले ३५८ र केशवराज चौलागाईंले ९५ मत प्राप्त गरेका थिए। दोस्रो चरणमा तारा र बर्मा लामाबीच प्रतस्पर्धा भएको हो।
रुद्र खड्का सभापति देउवा पक्षका हुन्। खड्का निवर्तमान सभापति समेत हुन्।