सोमबार, जेठ २०, २०८२

चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालनको तयारी

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह निर्माणको काम सम्पन्न भएकाले सञ्चालनको तयारी भइरहेको बताएका छन्।

कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकायलगायत सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै उनले चाँडै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको बताएका हुन्।

सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंका व्यवसायीले सिधै काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्‍याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने गजुरेलले बताए। उनले भने, ‘अहिले हामी यसको सञ्चालनको लागि तयारीको अवस्थामा छौं। र, हामी चाडै नै यसलाई सञ्चालन गर्ने भनेर अगाडी बढिराखेको छौं।'

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड लगानीमा सुख्खा बन्दरगाह बनेको हो। यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरी तीन वटा भवन, तीन वटा ठूला गोदाम, चेकजाँच गर्ने तीन वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र फायर फाइटरसमेत जडान गरिसकेको उनले बताए।

भारत र चीनसँग सीमा जोडिएको जिल्लाहरूमा मात्रै सुख्खा बन्दरगाह भए पनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो।

वीरगञ्ज, बिराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधीन अवस्थामा रहेको छ।

प्रकाशित: Oct 03, 2021| 13:15 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।