नेपालको भूमिपुत्र भनिने थारु जातिभित्रको समुदाय लोकसंस्कृति, वेशभूषा र सामाजिक रीतिथितिमा जति समृद्ध छ, खानपानमा पनि उत्तिकै ख्याति कमाएको छ। केही वर्ष अघिसम्म थारु बस्तीमै सीमित ‘थारु परिकार’ले पछिल्लो समय ब्रान्डतिर लम्किँदै छ। गाउँदेखि सहरसम्म धेरैको रोजाइमा थारु परिकार परिरहेका छन्।
काठमाडौंमा पनि थारु परिकारको स्वादका विभिन्न ठाउँमा रेस्टुराँ खुलिसकेका छन्। चितवन त थारु संस्कृति र होमस्टेका लागि विश्वमै चिनिएको छ। कतिपय मानिस थारु परिकारको स्वाद लिन थारु होमस्टे र होटलमै पुग्न थालेका छन्।
थारु जाति बिहानको खाजालाई ‘कल्वा’, दिउँसोको खानालाई ‘मिन्ही’ र साँझको खानालाई ‘बेरी’ भन्छन्। थारु जातिको मुख्य चाड ‘माघी’मा राखिएका थारु परिकारले काठमाडौंको टुँडिखेलसमेत मगमगाउने गर्छ।

थारु जातिको पुरोहितलाई ‘गुरुवा’ वा ‘भर्रा’ पनि भनिन्छ। थारु जातिको पारिवारिक र सामाजिक चाडपर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ। थारु जातिले माघी, जितिया, दसैं, दिया देवारी, हरेरी पुजा, पन्ध्र, खिचरा, होरी, सिरुवा, गुरही आदि चाडवाड मनाउने गर्छन्। यी चाडवाडमा थारु परिकारको थुप्रो लगाइन्छ। खानपान र रहनसहनमा बेग्लै पहिचान बनाएको थारु समुदायभित्र विभिन्न परिकार बनाइने गरेको छ। यस्ता छन्, थारु जातिका खाना परिकारः
घोंघी

थारु समुदायमा प्रचलित रैथाने खानामा घोंघी र ढिक्री मुख्य मानिन्छ। घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ। यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ। घोंघीलाई नेपालीमा शंखेकिरा भनिन्छ। घोंघी पोखरी, खोला, ताल र बर्खाको सिजनमा धानको खेतमा समेत पाइन्छ। यसलाई खोला, पोखरी, ताल र धानको खेतबाट ल्याएर एक दुई–पटक राम्ररी पखाल्ने। पखालेको घोंघी पानीमा ६ देखि १२ घन्टा चामलको पिठो वा कनिका हालेर राख्नुपर्छ। त्यसपछि सफा गरिएको घोंघीको चुच्चो काटेर पकाइन्छ। एक पटक उमालेर चुच्चो काटे अझ राम्रो।
काठमाडौंमा घोंघीको स्वाद बाह्रमास लिन पाइन्छ। घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ। यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ।
ढिक्री

ढिक्री चामलको पिठोबाट बनाइने एक परिकार हो। पूर्वीय थारु समुदायले यसलाई बगिया भन्छन्। यो नेवारी परिकार योमरी जस्तै हुन्छ। यो परिकार थारु समुदायमा दसैं, तिहार र माघमा कुल देउताको पूजामा पनि प्रयोग गरिन्छ। माइत आएकी छोरीलाई विदाइ गर्दा ढिक्रीको कोेशेली बनाएर पठाउने चलन छ। त्यसैले, ढिक्री खाजा मात्रै नभई थारु संस्कृतिको अभिन्न अंग पनि हो। योमरी गुलियो भएझैं ढिक्रीलाई पनि आफ्नो स्वाद अनुसार विभिन्न फ्लेबरमा बनाउन सकिन्छ। तर सामान्यतः ढिक्री सादा नै हुन्छ। यो घोंघीसंग खाँदा स्वादिष्ट मानिन्छ।
सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो। यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ।
बरघर रेस्टुरेन्टमा अन्दी चामलको भात, बयरको चट्नी, बरिया, सुटही, गंगटा रैथाने थारु आलु जस्ता अन्य मौलिक थारु परिकार पनि पाइन्छ। बरिया अन्दीको चामलको पिठोबाट सानो–सानो रोटी बनाई तेलमा तारिन्छ। सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो। यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ।
यहाँ घोंघी, ढिक्री, अन्दीको भात, बरिया र थारु आलु प्रतिप्लेट एक सय र बयरको चट्नी प्रतिप्लेट तीस रुपैयाँ पर्ने सञ्चालक चौधरी बताउँछन्। यसैगरी गंगटा र सुटही प्रतिप्लेट तीन सयदेखि चार सयसम्म पर्छ। थारु खानाका लागि प्रयोग हुने सामग्री बर्दिया, सिरहा, सप्तरीलगायतका जिल्लाका अग्र्यानिक उत्पादन ल्याएर बनाइने चौधरी जनाउँछन्।
खरिया
-1746847575.jpeg)
नेपाल बहुधार्मिक र बहुजाति बसोबास गर्ने देश भएका कारण यहाँ हरेक महिना केही न केही चाडपर्व परिनै रहन्छन्। दशैं–तिहार ब्राह्मणहरुले महान चाडको रुपमा मनाए जस्तै अन्य जातिका पनि विभिन्न चाडपर्व हुने गर्छन्। विभिन्न जातिले आआफ्नो संस्कार र परम्पराअनुसार चाडपर्व मनाउने र त्यही अनुसारका परिकार ग्रहण गर्ने प्रचलन छ।
यस्तै परिकारमध्ये एक हो घोंगी। यो परिकार थारु जातिमा निकै प्रचलित छ। घोंगी विशेष गरी थारु समुदायले माघी पर्वका अवसरमा खाने गर्छन्। घोंगी स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी हुने चिकित्सकहरु बताउँछन्। यसमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम हुने चिकित्सकरुको भनाइ छ।
घोंगी
शंखेकिरा प्रजातिको घोंगी पकाउन र खान भने छुट्टै सिपको आवश्यकता पर्छ। पश्चिमका थारु समुदायमा माघमा मात्र नभएर हरेक पर्वमा यो परिकार बनाइन्छ। तर पूर्वी तराईका थारु समुदायमा भने यो तिहारको दिन मात्र पकाइन्छ। थारुहरुको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ। बैरिक चटनी जंगली बयरबाट तयार पारिएको हुन्छ। नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ। ढिक्री अर्थात् घोंगीसँग खाइने परिकारमध्ये बैरिक चटनी विशेष हो।
घरैया
घरैया मद अर्थात् अन्डी तथा लोकल चामलबाट तयार पारिने हुँदा चिसो मौसममा शरीरको लागि फाइदा हुने मान्यता रहेको छ। पक्वालाई विशेष सितनको रूपमा खाने गरिन्छ। सुँगुरको मासुलाई उसिनेर खुर्सानी र मसला राखी तयार गरिएको पक्वा (सेकुवा) निकै लोकप्रिय पकवान मानिन्छ। यहाँ चर्चा गर्न लागिएको परिकार थारु समुदायमा निकै लोकप्रिय रहेको खरिया र बरियाको हो, जुन थारु समुदायमा मात्र नभई अन्य समुदायले पनि उत्तिकै रुचाएका छन्। थारु समुदायमा ब्रत बस्दा नभई नहुने परिकारमध्ये खरिया र बरिया दुवै पर्छन्।
कसरी बन्छ खरिया बरिया?

खरिया बनाउन आवश्यक सामग्रीः लसुन २ पोटी, सुकेको खुर्सानी ६ पिस, नुन स्वादअनुसार, अदुवा सानो टुक्रा, चामलको पिठो एक कप, चनाको पिठो (बेसन) आधा या मासको पिठो आधा कप, गहुँको आँटा आधा कप, बेसार एक चम्चा, जिरा–धनियाँको धुलो एक र आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, पानी आवश्यकताअनुसार, कर्कलोको पात १० देखि १२ पिस, तोरीको तेल ४० एमएल, तोरीको गेडा एक चम्चा।
खरिया बनाउने विधिः पिठोमा दिइएका सम्पूर्ण मसला र अदुवा लसुन हाली केही गिलो हुने गरी मुछ्ने। मुछेको मिक्चरलाई कर्कलोको पातमा मज्जाले लेपने गर्ने र विस्तारै रोल बनाउने। सबै रोललाई इस्टिमरको जालीमा मिलाएर १२ देखि १५ मिनेट बफ्याउने। पाकेपछि चिस्याउन रेस्ट गराउने। परम्परागत रुपमा थारु समुदायले भने लामो र खाल्टो खालको ढक्कीमा राखेर अर्को ढक्कीले छोपेर कसौडीमाथि राखी बफ्याउने प्रचलन अहिले पनि कायम छ।
बफ्याएको खरिया चिसो हुनासाथ पातलो स्लाइसमा काटेर फ्राई या डामेर तातो–तातो रुपमा जंगली बयरको अचारससँग खाने चलन छ। यो परिकार देख्नमा निकै आकर्षक, खानमा स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुन्छ।
बरिया बनाउन आवश्यक सामग्रीः अन्डीको पिठो (स्थानीय अनादी चामलको पिठो) आधा किलो, चिनी या सख्खर ३ चम्चा या आफ्नो इच्छाअनुसार गुलियो थप्न पनि सकिन्छ, तेल तार्नको लागि आवश्यकताअनुसार, पानी आवश्यकताअनुसार।
बरिया बनाउने विधिः पिठोमा चिनी या सख्खर र घ्यु मिसाएर एकछिन माड्ने। धेरै बेर माड्नु जरुरी पर्दैन र एकछिन छोपेर रेस्ट गराउने। बाक्लो तावा या ताप्केमा तेल तताएर मुछेको पिठोको सानोसानो पेडा बनाई हातैले फिजाएर बेल्दै तातो तेलमा तार्ने र दुवैतर्फ फर्काएर पकाउने। धेरै चिल्लो खान नहुनेको हकमा तावामा डामेर पनि खान सकिन्छ।
धेरै चिनी खान नमिल्नेले गुलियो कम गर्ने या सुगर फ्री पनि बनाउन सकिन्छ। यसरी तयार भएको बरिया चटनी या कुनै तरकारीसँग खाजाको रुपमा खान सकिन्छ। बरिया थारु समुदायको मौलिक र शुद्ध परिकार हो, जुन विभिन्न पूजाआजामा पनि प्रयोग गर्ने प्रचलन छ।
थारु समुदायले खाने मासुको परिकारमध्ये मुसाको परिकार पनि एक हो। मुसाको मासुलाई तरकारी वा अचारको रुपमा खाइने चलन थारु समुदायमा रहेको छ। थारु समुदायमा मुसाको तरकारी भन्दा अचार चर्चित मानिन्छ।
मुसाको अचारलाई थारु भाषामा ‘मुस्वाको चट्नी वा चुटपुट’ भनिन्छ। मुसाको अचार प्रायः धान र गाहुँ कटी सकेपछि खेतमा पाइने मुसाको चट्नी वा चुटपुट बनाएर खाइन्छ। मुसाको मासुलाई सिलौटो वा ओखलमा कुटेर मसिनो टुक्रा पारेर बनाईने हुनाले नै थारु भाषामा चुटपुट भनिएको हो।
गीता चौधरीका अनुसार यसरी बनाउन सकिन्छः
मुसाको चुटपुट

मुसाको चुटपुट बनाउन चाहिने आवश्यक सामग्री
– मुसा एक वटा
– दाउरा वा पराल आवश्यकता अनुसार
– एक वटा झिर
– नुन अवश्यकता अनुसार
– तेल अवश्यकता अनुसार
– खुर्सानी अवश्यकता अनुसार
– लसुन अवश्यकता अनुसार
– हरियो धनियाँ अवश्यकता अनुसार
बनाउने विधि
– आवश्यकता अनुसार नुन, लसुन र खुर्सानी पिस्नुहोस्।
– मुसाको भित्री भाग पेट लगायत अन्य अंगलाई फाल्नुहोस्।
– मुसालाई झिरमा उनेर दाउरा वा परालको आगोमा मुसाको रौं राम्ररी डढ्ने गरेर पोल्नुहोस्।
– डढी सकेको मुसाको रौँलाई झारेर मुसालाई अलि ठूला टुक्रा पारेर काट्नुहोस्।
– टुक्रा पारेको मासुलाई फेरी आगोमा पोल्नुहोस्।
– पोलि सकेको मुसाको टुक्रालाई आफ्नो आवश्यकता अनुसार स–सानो टुक्रा काटेर वा सिलौटोमा थिचेर वा ओखलमा हालेर बनाउनुहोस्।
– अब तपाईले पिस्नु भएको नुन, लसुन र खुर्सानीको मिश्रणलाई मासुमा मज्जाले मोल्नुहोस्।
– यसरी तयार गरिएको मुसाको मासुमा आवश्यकता अनुसार तेल तताएर झान्नुहोस्।
– यसरी मुसाको चुटपुट तयार हुन्छ। अब तपाईले यसलाई खानासंग अचारको रुपमा वा पेय पदार्थसँग सितनको रुपमा खान सकिन्छ।
अन्दिक भात
बैरिक चट्नी