काठमाडौं- एनएमबी बैंकले मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याज दिने भएको छ। एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर दिने जनाएको हो।
एनएमबी बैंकमा खाता नभएका ग्राहकले पनि उक्त योजनामा सहभागी हुन पाउने बैंकले जानकारी दिएको छ। खाता नभएका ग्राहकले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधिमार्फत पाँच मिनेटमै देश वा विदेशबाटै खाता खालेर सहभागी हुनपाउने बैंकले उल्लेख गरेको छ।
भीकेवाइसीमार्फत ग्राहकले अनलाइन खाताको सुरुदेखी अन्त्यसम्मको प्रक्रिया बैंकमा नपुगिकनै डिजिटल रूपमा गर्न सकिने बैंकको भनाई छ।
एनएमबी बैंकले हाल मुलुकभरिका १ सय ८१ शाखाहरुका साथै १ सय ३७ एटिएम, नौ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आइरहेको छ।