काठमाडौं- काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा एक जना पुरुषको शव भेटिएको छ।
होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय अब्दुल नासिर नाम गरेका कतारी नागरिकको शव फेला परेको महानगरी प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन्।
उनको राहदानी नम्बर ०१४८३९४३ रहेको छ।
चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने जानकारी होटललाई गराएका थिए। तर दिउँसो १२ बजेसम्म पनि उनी ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए।
प्रहरीका अनुसार ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा ओछ्यानमा ढलिरहेका थिए।
एसएसपी सिंहका अनुसार घटनाबारे कतारी दूतावासलाई जानकारी गराइएको छ। उनका अनुसार अहिले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञ होटलमै बोलाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत एसएसपी सिंहले बताएका छन्।