आइतबार, जेठ १२, २०८२

२ हजार २३७ सङ्क्रमित थपिए, २ हजार ५० जना संक्रमणमुक्त

जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ सङ्क्रमित थपिएका छन् भने दुई हजार ५० जना सङ्क्रमणमुक्त भएका छन्। जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा नै १८ को कोभिडका कारण मृत्यु भएको छ। हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन्। २६ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा पाँच हजार ६१६, ललितपुर एक हजार ८९ र भक्तपुरमा ९१० सक्रिय सङ्क्रमित रहेका छन्। 

हालसम्म देशभरमा गरी ३५ लाख ३९ हजार ८३ जनाको पिसीआर र दुई लाख ८९ हजार ७२९ को एन्टिजेन विधिबाट परीक्षण भएको छ। अहिलेसम्म पिसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ८० हजार ५५६ देखिएका छन्। हालसम्म सङ्क्रमितमध्ये छ लाख ४३ हजार ६१५ लाई निको भएको छ। सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव छ प्रतिशत रहेको छ। हालसम्म नौ हजार ७१३ को मृत्यु भएको छ। 

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ८३ हजार ३८ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख ९८ हजार १७८ रहेको छ। सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३३ प्रतिशत र महिला ३९ दशमलव ६७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jul 25, 2021| 14:58 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्