काठमाडौं- भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर यातायात व्यवसायीहरूले काठमाडौंको चक्रमथमा सवारीसहितको र्याली निकालेका छन्।
व्यवसायीहरूले बिहीबार बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा भएको र्याली बालाजु, नयाँ वर्षका क्षेत्रबाट निकालिएको थियो। सो र्यालीले रिङरोड परिक्रमा गरेको छ।
साना–ठूला सार्वजनिक गाडीहरू एकसाथ रिङरोडमा निस्किँदा सडक करिब ठप्प भएको छ। आफ्नो गन्तब्यतर्फ हिडेका सर्वसाधरण जामकै कारण बाटोमा अड्किएका छन्। मुख्य सडकअवरुद्ध हुँदा सहायक सडकहरूमा पनि ट्राफिक जाम भएको छ।
उनीहरूले उपत्यकामा चल्ने सवारीमा पनि तत्काल भाडा बढाउनु पर्ने, कोभिड खोपको व्यवस्था गर्नुपर्ने, २० वर्ष अवधि पुगेका सवारीसाधनको अवधि थप गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने लगायत माग राखेका छन्।