काठमाडौं। कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउने छ। जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता एक सय जनालाई सय रुपैयाँको मोबाइल रिचार्ज उपहारसमेत रहेको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० को मोबाइल टपअप र कम्तीमा ५०० को फोनपे डिरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्ने छ। यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार ९आइफोन १६०को लागि स्वतः योग्य हुने छन्।
यसअन्तर्गत, प्रत्येक हप्ता एक सय जना भाग्यशाली विजेताले एक सयको मोबाइल टपअप जित्न सक्ने छन्। साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार जित्ने अवसर प्राप्त गर्ने छन। यो योजना वैशाख महिनाभरी सञ्चालन हुनेछ।
यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वसका साथ मोबाइल टपअप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।