काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि त्यसको स्वागत र विरोधमा प्रदर्शन भएका छन्।
फैसलाको स्वागतमा कांग्रेस निकट विद्यार्थी संघ नेविसंघले र विरोधमा नेकपा (एमाले)का नेता महेश बस्नेतको अगुवाइमा प्रदर्शन भएको हो।
युवा संघका इन्चार्जसमेत रहेका बस्नेतले सर्वोच्च अदालतको फैसला राष्ट्रघाती भएको भन्दै यसविरुद्ध निरन्तर आन्दोलनको चेतावनी दिएका छन्।