बिहीबार, जेठ २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन्। एमाले एकता टुंगोमा पुग्नै लागेका बेला वरिष्ठ नेता नेपालको निजी निवासमा शनिबार पुगेर अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्।
 |  शनिबार, असार २६, २०७८

बीपी अनमोल

बीपी अनमोल

शनिबार, असार २६, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन्। एमाले एकता टुंगोमा पुग्नै लागेका बेला वरिष्ठ नेता नेपालको निजी निवासमा शनिबार पुगेर अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपालसँग आग्रह गरेको स्रोतले जनाएको छ।  दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, ‘ओलीजीबाट तपाईंहरुलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्।’ जबाफमा नेता नेपालले आफू निकटका साथीहरुसँग छलफल गरेर अघि बढ्ने बताएको स्रोतले जनायो। 

नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादीको उपेन्द्र यदाव समूह र एमालेको माधव समूहले सर्वोच्चमा दायर गरेको रिट निवेदनको टुंगो लाग्न बाँकी छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एमाले वरिष्ठ नेता नेपालसहित २३ सांसदले हस्ताक्षर गरेका छन्।

दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, ‘ओलीजीबाट तपाईंहरुलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्।’ जबाफमा नेता नेपालले आफू निकटका साथीहरुसँग छलफल गरेर अघि बढ्ने बताएको स्रोतले जनायो। 

यसैबीचमा ओलीले एमाले एकताका लागि प्रयास जारी राखेका छन्। एमाले एकजुट भएर हस्ताक्षर फिर्ता लिएमा विपक्षी गठनबन्धन कमजोर हुनेछ। 

उता एमाले एकताका लागि नेपाल र ओली पक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको दाबी गरेको छ। दुई पक्षबीच विगत केही दिनदेखि जारी वार्ता आज निष्कर्षमा पुग्ने नेताहरुले बताउँदै आएका छन्।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयमा आज केहीबेर छलफल हुने बताएका छन्। उनले अब एमाले नेता कार्यकर्ताको चिन्ता दूर हुने पनि बताए। एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ। 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यसैगरी नेपाल पक्षबाट भीम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन्।

प्रकाशित: Jul 10, 2021| 07:13 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।