काठमाडौं। स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवा थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित विभिन्न तहमा कर्मचारी माग गरेको छ। नेपाल मेडिकल कलेजले सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सकसहित कर्मचारीहरु माग गरेको हो।
सूचनाअनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्टलगायत पदमा जनशक्ति माग गरेको छ। यस्तैगरी, होस्टल इञ्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ।
कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ।
केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ। विषयगत अध्ययन गरेर कम्तिमा पाँच वर्ष क्याथ ल्याबमा काम गरेकाले आवेदन दिन सक्ने छन्। इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्ने छन्।
-1743916368.jpg)