आइतबार, जेठ ५, २०८२

यौनकर्मीको १४८ ट्विटमा बनेको ‘जोला’

एक यौनकर्मीले सामाजिक सञ्जाल ट्विटरमा गरेको ट्विटमा आधारित फिल्म यसै साता रिलिज हुने भएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- एक यौनकर्मीले सामाजिक सञ्जाल ट्विटरमा गरेको ट्विटमा आधारित फिल्म यसै साता रिलिज हुने भएको छ। १४८ ट्विटको माध्यमबाट एक यौनकर्मीले बताएको अनुभवका आधारमा फिल्म तयार पारिएको हो।

एक महिलाले २०१५ मा अमेरिकाको फ्लोरिडामा यौन तस्करीलाई लिएर आफ्नो अनुभव ट्विटरमा लेखेकी थिइन्। जसलाई अब फिल्मको रुप दिन थालिएको छ। फिल्मको नाम ‘जोला’ राखिएको छ।

जोलाको कथा आजिया जोला किङ्‍को १४८ ट्विटको सिरिजमा आधारित छ। यो ट्विटपछि एक लेखको रुपमा रोलिङ स्टोन पत्रिकामा पनि छापिएको थियो। रेस्टुराँमा काम गर्नुका साथ डान्स गर्ने जोलाको कथामा आधारित छ। कथामा ग्राहक स्टेफानी उसलाई एक हप्ताका लागि फ्लोरिडा घुम्न जानका लागि तयार पार्छन्।

तर, यो यात्रा उनका लागि कष्टकर सावित हुन्छ। किनकि जोलालाई पछि मात्रै महिलाको दलाली गर्ने व्यक्तिसँग आफू यात्रा गरिरहेको थाहा पाउँछिन्। ती पुरुषले घुमाउनुको मनशाय निकै खतरनाक हुन्छ।

एक अन्तरवार्तामा किङ‍ले भनेकी छन्, ‘म यौन कर्म गर्छु। यस्तो गर्नुमा मलाई पूर्ण आत्मविश्वास छ। तर, यहाँ फरक के थियो भने मलाई यो हालतमा धकेलिन थालिएको थियो। म यौनकर्मीबाट तस्करीमा बद्लिँदै थिए।’

उनले आफ्नो उक्त अनुभवलाई सिलसिलाबद्ध रुपमा ट्विटरमा लेखेकी थिइन्। ट्विटरको उक्त सिलसिलाले सामाजिक सञ्जालमा तहल्का पिटिदिएको थियो। द स्टोरी नामको  ह्यासट्याग निकै ट्रेन्ड भएको थियो। उनले ट्विटमा केही व्यक्तिको नाम पनि लेखेकी थिइन्। तर, ती व्यक्तिले घटना स्वीकार गरेका थिएनन्।

ठूलो पर्दामा आफ्नो जिन्दगी दोहर्‍याएको फिल्मको निर्माताप्रति किङ्‍को प्रतिक्रिया छ,‘त्यो अनुभवमा मलाई केही पनि महसुस हुँदैन। अब म निकै फरक मानिस बनिसकेँ। म फरकै ठाउँमा  छु। नश्लवादमाथि कुरा गरिएको छ। यो कथाले नारीवादमाथि कुरा गरेको छ।’

फिल्म जोलाको भूमिकामा अदाकारा टाइलर पेजले निभाएकी छन्। उनले यो भन्दा पहिले ‘मा रेनिज ब्ल्याक बटम जस्ता चर्चित फिल्म गरिसकेकी छन्। दलालको रुपमा स्टेफानीको भूमिकामा म्याड म्याक्स र अर्थकेक बर्ड देखिने छन्।

प्रकाशित: Jun 30, 2021| 02:52 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्