बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कर्णालीमा कोरोना नियन्त्रणका लागि ५३ करोड, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

कर्णालीमा कोरोना नियन्त्रणका लागि ५३ करोड, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ।
 |  मंगलबार, असार १, २०७८

देव राना

देव राना

मंगलबार, असार १, २०७८

सुर्खेत– कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ। आगामी आव २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजना गरेको घोषणा गरेका हुन्।

प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए। प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने भएको छ। 

त्यस्तै कोरोना महामारीबाट नागरिकको जिउनको रक्षा गर्न सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको छ।प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिनेछ। कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत जोखिमभक्ता दिने घोषणा प्रदेश सरकारे गरेको छ।

त्यस्तै समग्र कर्णालीको स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए।

प्रकाशित: Jun 15, 2021| 12:23 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्