काठमाडौं। सार्वजनिक यातायात बढी दुर्घटनामा परेपछि सरकारले लाइसेन्समा कडाइ गर्ने योजना अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को मस्यौदामा उक्त विषय समावेश गर्न लागेको हो।
हालको कानुनअनुसार साना ठूला सावारीलाई आधार मानेर लाइसेन्स जारी हुँदै आएको छ। अर्थात् बढी मासिन बोकेर हिँड्ने र एक्लै यात्रा गर्ने चालकले उस्तै लाइसेन्स पाउँछन्। जसले गर्दा बढी दुर्घटान हुने गरेको मन्त्रलयको बुझाइ छ।
मन्त्रालयले २०७९ सालमा गठन गरेको सार्वजनिक यातायात सुधार सुझाव कार्यदलले पनि लाइसेन्समा कडाइ गर्नु पर्ने सुझाव थियो। कार्यदलले २०८० फागुनमा बुझाएको प्रतिवेदनमा ‘सार्वजनिक सवारी चालकका लागि व्यावसायिक सवारी चालक अनुमतिपत्र’को व्यवस्था गर्न सुझाव दिएको हो। साथै व्यावसायिक चालक अनुमतिपत्र लिन विशेष तालिम लिनुपर्ने व्यवस्था कानुनमै समेट्नुपर्ने सुझाव कार्यदलको छ। अन्य सवारी चालकका लागि ‘साधारण अनुमतिपत्र’ जारी गर्न पनि समितिले सुझाएको थियो।
अधिकांश सार्वजनिक यातायात दुर्घटनामा ज्यान गुमाउने रहेकाले पनि चालकको अनुभवलाई कडाइ गर्नु परेको महानिर्देशक पोखरेलले बताए।
कार्यदलको सुझावलाई सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा राख्न खोजिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल बताउँछन्। ‘कर्यदलको सुझाव आएको थियो र हामीले पनि व्यवसायीक लाइसेन्स बढी शंवेदनशिल हुनुपर्छ भन्ने महसुस गरेका छौँ,’ क्यापिटल नेपालसँग महानिर्देशक पोखरेल भन्छन्, ‘सर्वसाधारणबाट पनि यो आवाज उठेको छ। कर्मचारीले सुझाव मात्रै दिन मिल्छ कानुन बनाउने जिम्मेवारी संसदको हो।’
लाइसेन्सबाहेक तालिम दिने, साना सवारी चलाएको अनुभव बढी भएपछि मात्रै सार्वजनिक सवारीको लाइसेन्स दिनुपर्ने प्रारम्भिक छलफल रहेको उनको भनाइ छ। नेपाल प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा दैनिक औसत ८ जनाले ज्यान गुमाउने गर्छन्। जसमा अधिकांश सार्वजनिक यातायात दुर्घटनामा ज्यान गुमाउने रहेकाले पनि चालकको अनुभवलाई कडाइ गर्नु परेको महानिर्देशक पोखरेलले बताए।
१८ वर्षमा लाइसेन्स दिने
हाल १६ वर्ष पूरा भएपछि दुई पाङ्ग्रे सवारी चलाउन लाइसेन्स प्राप्त गर्ने कानुनी व्यवस्था छ। त्यस्तै साना सवारी चलाएको दुई वर्ष र २१ वर्ष उमेर भएपछि ठूला सवारी सञ्चालनको लाइसेन्स प्राप्त गर्न सकिन्छ। तर, नेपालको संविधानले १६ वर्षको उमेरलाई बालबालिका मानेको छ।
साथै माताधिकार १८ वर्ष पूरा भएपछि मात्रै प्रयोग गर्न मिल्छ। तर, लाइसेन्स १६ वर्षमै दिँदा दुर्घटना बढेकाले लाइसेन्स दिने उमेर कम्तिमा १८ वर्ष बनाउने विषयमा पनि छलफल अघि बढेको महानिर्देशक पोखरेल बताउँछन्।
ल लाइसेनस नवीकरणको म्याद ५ वर्षलाई बढाएर १० वर्ष पुर्याउन पनि मन्त्रालयले पहल गरिहेको छ।
‘१६ वर्ष भनेको धेरै सानो उमेर हो त्यही समयमा सवारी लाइसेन्स पाएपछि उसले कसरी चलाउँदा के हुन्छ भन्ने राम्रोसँग सोच्न भ्याएको हुँदैन र दुर्घटना हुने जोखम रहन्छ,’ उनले भने।
साथै दुर्घटनामा पर्ने अधिकांश दुई पाङ्ग्रे सवारी ‘टिनएजर’ (१९ वर्षसम्मको उमेर)ले चलाएको भेटिने हुँदा लाइसेन्स दिने उमेर बढाएर परिपक्क हुन दिनुपर्ने महानिर्देशक बताउँछन्। यद्यपि लाइसेन्समा उमेर बढाउने विषय पनि प्रारम्भिक छलफलमै रहेकाले यही कामय हुन्छ भन्न नसकिने उनको भनाइ छ।
त्यस्तै हाल लाइसेनस नवीकरणको म्याद ५ वर्षलाई बढाएर १० वर्ष पुर्याउन पनि मन्त्रालयले पहल गरिहेको छ। भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा अहिले देखिएको लाइसेन्स प्रिन्ट नहुने समस्यामा नवीकरणको म्याद थोरै हुनुले पनि प्रभाव पारेको बताउँछन्।
‘५ वर्षमा होइन १० वर्षमा नवीकरण गर्ने हो भने अहिले देखिएको धेरै समस्या समाधान हुन्छ, हामी त्यसमा लागिरहेका छौँ,’ सचिव शर्माले भने।