बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीको राजीनामा मागेर कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

मन्त्रीको राजीनामा मागेर कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा (एमाले) ले पहिलो पटक कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै उसले बैठक अवरुद्ध गरेको हो। 
 |  सोमबार, जेठ २४, २०७८

देव राना

देव राना

सोमबार, जेठ २४, २०७८

सुर्खेत– नेकपा (एमाले) ले पहिलो पटक कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै उसले बैठक अवरुद्ध गरेको हो। 

फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै संसद अवरुद्ध गरिएको हो। ‘जनप्रतिनिधिहरुलाई अपमानित हुनेगरी अदालतले करार पुष्टि गरिसकेका व्यक्तिलाई सरकारले मन्त्री बनाएर सभाको मर्यादा माथि नै प्रश्न उठेको छ,’ बैठकको सुरुमै एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘अब सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि बढ्न सक्दैन।’ अपराध पुष्टि भइसकेका व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने उनको तर्क थियो। एमालेको अवरोधका कारण बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ।

एमालेबाट फ्लोर क्रस गरेर मन्त्री भएका थापा अदालतबाट सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी प्रमाणित भइसकेका व्यक्ति हुन्। पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका उनी वैशाख ४ गते मन्त्री बनेका हुन्।

फौजदारी अभियोग लागिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। मन्त्री थापालाई अदालतले जेठ ३० गते बयानका लागि बोलाएको छ ।

सम्बन्धित समाचार- जेल सजाय पाएका मन्त्री थापालाई अदालतमा उपस्थित हुन आदेश

 

प्रकाशित: Jun 07, 2021| 09:39 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।