सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अक्षय कुमारको ‘पृथ्वीराज’ विवादमा, नाम परिवर्तन गर्न करणी सेनाको चेतावनी

अक्षय कुमारको ‘पृथ्वीराज’ विवादमा, नाम परिवर्तन गर्न करणी सेनाको चेतावनी

अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘पृथ्वीराज’ निर्माण नसकिँदै विवादमा फसेको छ। यो फिल्मको शिर्षकलाई लिएर करणी सेनाले आपत्ति जनाएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘पृथ्वीराज’ निर्माण नसकिँदै विवादमा फसेको छ। यो फिल्मको शिर्षकलाई लिएर करणी सेनाले आपत्ति जनाएको छ। राजा राजपूत पृथ्वीराज चौहानको जीवनमा आधारित यो फिल्ममा अक्षय पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन्। 

तर, करणी सेनाले यो फिल्मको नाम परिवर्तन गर्न सुझाव दिएका छन्। सुझाव नमानेमा कारवाही भोग्नुपर्ने चेतावनी पनि उनीहरुले दिएका छन्। राजपूत संगठन करणी सेनाका युवा विभाग अध्यक्ष अर्थात् फिल्ममेकर सुरजीत सिंह राठौरले भनेका छन्, ‘जब फिल्म महान् पृथ्वीराज चौहानमाथि आधारित छ भने त्यसको टाइटल ‘पृथ्वीराज’मात्रै कसरी हुनसक्छ? हामी चाहन्छौँ कि फिल्मको शिर्षकमा उहाँको पूरै नाम समावेश गरियोस् र उहाँप्रति सम्मान प्रकट गरियोस्।’

करणी सेना यत्तिमै रोकिएको छैन। अन्य केही शर्त पनि राखेको छ । फिल्म रिलिजभन्दा अगाडि आफूहरुका लागि स्पेशल स्क्रिनिङ गर्नुपर्ने पनि उनीहरुको माग छ। ‘यदि उहाँहरुले हाम्रो सल्लाह मान्नुभएन भने अन्य परिणाम पनि भोग्नुपर्ने हुन्छ। ‘पद्मावत’को दौरान संजयलीला भंसालीसँग के भएको थियो, सायद यो सबैलाई थाहै छ। त्यही अवस्था फेरि नदोहोरियोस्,’ सुरजीत सिंहले भनेका छन्। 

अक्षयले सन् २०१९ मा आफ्नो जन्मदिनको अवसरमा यो फिल्म निर्माणको घोषणा गरेका थिए। उनले सोसल मिडियामा एक पोस्ट सेयर गर्दै लेखेका थिए, ‘मेरो जन्मदिनमा आफ्नो पहिलो ऐतिहासिक फिल्म घोषण गर्न पाउँदा म उत्साहित छु। मेरो सबैभन्दा ठूलो फिल्म ‘पृथ्वीराज’मा सम्राट पृथ्वीराज चौहानको भूमिका निभाउन पाउँदा गर्व महसुस गरिरहेको छु। म सधैँ उहाँको वीरता र मूल्यबाट प्रेरित छु। ’

यो फिल्ममा अक्षयको अलावा मानुषी छिल्लर पनि प्रमुख भूमिकामा देखा पर्दैछिन्। उनी पृथ्वीराज चौहानकी पत्नी संयुक्ताको भूमिकामा निर्वाह गर्दैछिन्। यही फिल्मबाट मानुषी बलिउडमा डेब्यु गर्दैछिन्। डा. चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा बनिरहेको यो फिल्मलाई आदित्य चोपडाले निर्माण गरिरहेका छन्। 

प्रकाशित: May 30, 2021| 09:11 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्