सोमबार, जेठ ६, २०८२

प्रेमविरोधी जातव्यवस्थाको विरोधमा दयाहाङ राई (भिडियो) 

 प्रेमविरोधी जातव्यवस्थाको विरोधमा अभिनेता दयाहाङ राई निरन्तर आवाज उठाइरहेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - प्रेमविरोधी जातव्यवस्थाको विरोधमा अभिनेता दयाहाङ राई निरन्तर आवाज उठाइरहेका छन्। अघिल्लो वर्ष आजकै दिन (जेठ १०) जब रुकुममा नवराज विक र उनका साथीहरू प्रेम गरेकै कारण मारिए, त्यसको विरोधमा देशभर ठूलो नागरिक आन्दोलन भयो। 

त्यतिबेला पनि न्यायका खातिर माइतीघरदेखि बसन्तपुरसम्म निरन्तर सडकमा उत्रिएका पात्र थिए, दयाहाङ। नवराज हत्याकाण्डको ठ्याक्कै एक वर्ष पुग्दा आज फेसबुकमा भिडियो सेयर गर्दै नेपालको छुवाछुतविरोधी कानुन कागजको खोष्टोमै सिमित भएको टिप्पणी गरेका छन्। 

‘जातको आधारमा गरिने विभेद, छुवाछुत र हिंसा हाम्रो समाजमा जताततै पाइन्छ। रुकुम हत्याकाण्ड यस्तै एउटा उदाहरण हो,’ उनले जातिय हिंसाका घटनाहरू सम्झँदै भनेका छन्, ‘पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि मधेशसम्म जताततै जातको अहंकारले यस्ता दर्जनौँ हिंसाका घटना घटेका छन्। पछिल्ला वर्षहरूमा मात्रै यस्ता दर्जनौं घटनाहरू भएका छन्। तपाई यस्ता धेरै नामहरू सम्झन सक्नुहुन्छ। छोराले अन्तरजातीय विवाह गरेकै कारण दैलेखका सेते दमै मारिए, सप्तरीका शिवशंकर दास मारिए, काभ्रेका अजित मिजारको हत्या भयो, रुपन्देहीकी अंगिरा पासी, कास्कीकी श्रेया सुनार, कैलालीकी माया वि.क, धनुषाकी रेश्मा रसाइली, बझाङकी सम्झना विश्वकर्मा लगायत धेरै महिलाहरूको बलात्कारपछि हत्या भएको छ। चुलो छोएकै निहुँमा कालिकाटका मनवीरे सुनार मारिए, पानी छोएकै निहुँमा निर्वाचित जनप्रतिनिधि मन सार्की मारिइन्, प्रहरी हिरासतमै रौतहटका विजय राम, धनुषाका शम्भु सदाको शंकास्पद मृत्यु भयो।’

देश छुवाछुतमुत्त घोषणा भएको डेढ दशक बितेपनि, विभेद र छुवाछुतविरुद्ध कानुन निर्माण भएपनि त्यसको कार्यान्वयन हुन नसक्दा समाजमा यस्ता घटना दोहोरिरहेको उनको तर्क छ।

प्रकाशित: May 24, 2021| 07:42 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्