काठमाडाैं - कोरोना महामारीका कारण राजधानीमा निषेध आदेश जारी भएको २४ दिन भएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाएको छ। कोरोना महामारी संक्रमण र मृत्युदर घटेको छैन।
निषेध आदेश पनि कहिलेसम्म जारी रहने कुनै टुंगो छैन। महामारीकै बीचमा श्रमिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने आफ्नो जिम्मेवारीमा खटिएकै छन्।
काठमाडाैंकाे भाेटेबहालमा पीसीआर परीक्षणका लागि स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी।
कीर्तिपुरमा काेभिड-१९ विरुद्धकाे खाेप भेराेसेलकाे दाेस्राे डाेज लगाउँदै एक व्यक्ति।
ललितपुरस्थित एक एग्राे फार्ममा काम गर्दै श्रमिक।
काठमाडाैंकाे माइतीघर मण्डलमा हिँडिरहेका सैनिक।
राताे मच्छिन्द्रनाथलाई वुङ्मती मन्दिरमा फर्काइँदै।
पीपीई लगाउँदै एम्बुलेन्स चालक डबल तामाङ।