सोमबार, असार २, २०८२

कोरोनामुक्त भएपछि कंगनाले लेखिन्- धेरै कुरा भन्न मन छ

‘मैले भाइरसलाई कसरी हराएँ, यसबारेमा धेरै कुरा भन्न मन छ तर मलाई कोभिड फ्यान क्लबलाई नचिढ्याउन भनिएको छ।'
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

कोरोना पोजिटिभ देखिएको १० दिनपछि अभिनेत्री कंगना रनौट संक्रमणमुक्त भएकी छिन्। कंगना स्वयंले सोसियल मिडियामार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन्। 

‘मेरो कोभिड टेस्ट नेगेटिभ आएको छ,’ उनले लेखेकी छिन्, ‘मैले भाइरसलाई कसरी हराएँ, यसबारेमा धेरै कुरा भन्न मन छ तर मलाई कोभिड फ्यान क्लबलाई नचिढ्याउन भनिएको छ। हो, यहाँ केही मान्छे छन् जो भाइरसको अपमान देखेर आहत हुन्छन्। खैर, शुभकामना र प्रेमका लागि सबैलाई धन्यवाद।’ कंगनालाई मे ८ मा कोरोना पोजिटिभ देखिएको थियो। 

एक साता अघिमात्रै ट्विटरले कंगनाको अकाउन्ट सस्पेन्ड गरिदिएको थियो। त्यसपछि उनले आफ्ना कुरा इन्स्टाग्राममा राख्न सुरु गरेकी थिइन्। कोरोना पोजिटिभ भएको पोस्ट पनि उनले इन्स्टाग्रामबाटै सेयर गरेकी थिइन्। तर उनको त्यो पोस्ट इन्स्टाग्रामले डिलिट गरिदिएको छ। यसको कारण कंगना स्वयंई थाहा छैन। 

कोभिडलाई सहजै परास्त गर्ने आशयको उनको पोस्ट हटेपछि यो सब कोभिड फ्यान क्लबको कमाल हुन सक्ने उनको आशंका छ। आइतबार इन्स्टाग्रामको स्टोरीमा उनले लेखेकी छिन्, ‘इन्स्टाग्रामले मेरो एउटा पोस्ट डिलिट गरिदिएको छ किनभने मैले कोभिडलाई तहसनहस पार्दिन्छु भन्ने धम्कीले कसैको भावनामा आहत पुर्‍याएछ। मतलब कम्युनिस्ट र टेरोरिस्टसँग सहानुभूति राख्नेहरुबारे सुनेको थिएँ। कोभिड फ्यान क्लब।गज्जब रहेछ। इन्स्टाग्राममा आएको बल्ल दुई दिन हुँदै छ तर एक साताभन्दा बढी टिकिएलाजस्तो छैन।’

प्रकाशित: May 18, 2021| 08:37 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्