शनिबार, जेठ ४, २०८२

अचम्मित पार्ने जापानी आविष्कार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं: प्रविधिको विकासलाई हेर्ने हो भने विश्वले निकै फड्को मारिसकेको छ । विश्वका शक्तिशाली मुलुकहरुले प्रविधिकै प्रयोग गरी आफूलाई अब्बल सावित गरिसकेका छन् । जसमा जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ । जापान नयाँ–नयाँ प्रविधिको कसरी आविष्कार गर्ने भन्ने कुरामा नै बढी केन्द्रित हुने गर्दछ । खाने, सुत्ने, उठ्ने र शौचालयसम्म र हरेक कामको सहजताका लागि जापानीहरु प्रविधिमा नै निर्भर हुन्छन् । 

केही अचम्म खालको जापानी आविष्कारहरु

१) भेन्डिङ मेसिन


भेन्डिङ मेसिन ‘ए टि एम’ मेसिन जस्तै प्रयोग गरिन्छ । जसमा पैसा हालेर आफूलाई चाहिएको सामान लिन सकिन्छ । भेन्डिङ मेसिनको प्रयोग विमाननस्थल र मेट्रो सिटिमा पाइन्छ जुन चिसो पेय पदार्थ र ‘जन्क फुड’ का लागि प्रयोग गरिन्छ किनकि यस खालको सामानहरु भेन्डिङ मेसिनबाट बेच्न सजिलो हुन्छ । तर, जापानमा भने चिप्स र चिसो बाहेक मानिसको जीवनमा दिनहुँ प्रयोगमा आउने सामानहरु भेन्डिङ मेसिनमार्पmत पाउन सकिन्छ । 

मेसिनमा अण्डा, बर्गर, जुत्ता, कपडादेखि लिएर सम्पुर्ण सामानहरु पाउन सकिन्छ । ‘ए टि एम’ मेसिनजस्तै जापानको अलग–अलग सहरमा भेन्डिङ मेसिन उपलब्ध छ । जसले जापनीहरुको दैनिकी धेरै सजिलो बनाएको छ । 

२) साई फाई डोर


मानिसको स्पर्शले स्वचालित हुने ढोका प्राय सुपरमार्केट तथा ठूलो मलहरुमा मात्र देखिन्छन् । तर साइ फाई फिल्ममा कम्यूटरको मद्दतले साइफाई ढोकालाई अझैँ वढि आकर्षक देखाइन्छ। 

काल्पनिक चिजलाई वास्तविक जीवनमा गरेर देखाउन जापनीहरु सफल मानिन्छन् । जापानले यस्तो आकर्षक ढोकाको निमार्ण गरेका छन जो मानिसको स्पर्शसगैँ खुल्ने, बन्द हुने र सुरक्षाको दृष्टिकोणले चार गुणा अघि छ । जसको नाम ‘ई टि एफ अटोमेटिक डोर’ हो, जुन ‘इन्फ्रारेड सेन्स’ को मद्दतले ढोका खुल्छ । 
कुनै पनि व्यक्तिको शरीरको आकार र उचाई अनुसार ढोकको ‘साइज’ बन्छ । मानिसलाई चिन्ने अचम्मको सुरक्षा व्यवस्थाकासाथ ढोका तयार पारिएको छ । ढोका उनका लागि मात्र खुल्छ जो मालिकको सूचिमा हुन्छन् ।

३) बाथरुम सिन्क


ग्लोबल वार्मिङ र प्रदुशणकाकारण पानीको स्रोतमा समस्या विश्व मै उस्तै रहेको छ । बाथरुम प्रयोग गरेपछि हामी फ्ल्स गर्ने गर्छों जसमा सफा पानीको प्रयोग हुनेगर्छ। 

पानीको चुहिने समस्याबाट बच्नका लागि जापानले अर्को एक फ्ल्स ट्यान्क टेक्नोलोजीको विकास गरेको छ । जसमा प्रयोग भइसकेको पानी फेरी प्रयोग गर्न सकिन्छ। पहिले प्रयोग भएको पानी जम्मा गर्ने र फ्ल्समा सोही पानी फेरी प्रयोग गर्ने प्रविधिले पानी धेरे खर्च हुनुबाट जोगाउन सकिन्छ । 

४)  विना पानी प्रयोग गरिने वासिङ मेसिन


सामान्यतया, वासिङ मेसिनमा कपडा भिजिएर धुने गरिन्छ र पछि सुकाउन पनि पर्छ । तर, जापानी प्रविधिले पानीको प्रयोग विना लुगा धुन सकिने प्रविधिको आविष्कार गरेको छ । उक्त मेसिनमा धोएको लुगालाई न पानीको जरुरत पर्छ न त घामको नै । मेसिनमा राखिएको रसायनीक त्तत्वबाट बिना पानी मेसिनमा नै कपडा सफा हुने र सुक्नेगर्छ ।

यो मेसिन खासगरी ती कपडाहरुको लागि बनाइएको हो जुन हामी घरमा आफैं धुन सक्दैनौं र ‘ड्राइ क्लिन’ मा दिने गर्छौं । 

५) गोले किबोर्ड



‘जापनीज गुगल इन्पुट डिभेलप्मेन्ट टिम’ ले हेर्दा ड्रम्पसेट जस्तो देखिने किबोर्ड आविष्कार गरेको छ । टिमका अनुसार र्हेदा अचम्म देखिने किबोर्ड साधारण किबोर्ड भन्दा निकै तेज रहेको छ । गोलो आकार भएको कारण यसलाई ड्रम्पसेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ  र किबोर्ड जापानी भाषामा मात्र उपलब्ध छ । 

६) कुकुरका लागि चस्मा


घर पालुवा जनावर कुकरलाई मायाले कपडा र जुत्ता लगाइदिने अहिले सामान्य भइसकेको छ तर जापनीहरुले भने कुकुरको लागि चस्मा बनाएका छन् । मानिसले आफूलाई सुहाउने चस्मा लगाएजस्तै हरेक कुकुरको आँखा र मुखको आकार अनुसार ‘फिट’ हुने चस्मा लगाइदिने स्वभाव जापानमा सामान्य बनेको छ । 

७) टि के पि गेट टावर बिल्डिङ’



जापानमा रहेको ‘टि के पि गेट टावर बिल्डिङ’ हेर्दा कुनै भिडियो गेम जस्तो देखिने, सो बिल्डिङले आधुनिक भवन निर्माण विधा र बलियो इन्जिनियरिङ के हो भन्ने देखाउँछ । 

‘हान्चिङ एक्सप्रेस’ नाम रहेको राजमार्ग ‘टि के पि गेट टावर बिल्डिङ’ को भित्रबाट जानेगर्छ । बिल्डिङका मालिक र जापान सरकारबीच भएको विवादका कारण सो भवनको भित्रबाट बाटो बनाउन परेको थियो । यसमा आधुनिक विज्ञान र प्रविधिको प्रयोग भएको छ जसको कारणले न बिल्डिङलाई क्षति भयो न राजमार्ग बन्नबाट रोकियो । 

स्रोत: एजेन्सी

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...