सोमबार, असार २, २०८२

अक्सिजन खोज्दै बारा पुगे पल शाह

अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला अभिनेता पल शाह अक्सिजनको व्यवस्थापनमा निरन्तर जुटिरहेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला अभिनेता पल शाह अक्सिजनको व्यवस्थापनमा निरन्तर जुटिरहेका छन्।

हाम्रो टिम नेपालसँगको सहकार्यमा उनी अक्सिजन र सिलिन्डर खोज्दै अहिले बारास्थित जितपुर पुगेका छन्। 

उनले जितपुरमा पुगेको तस्बिर राख्दै उनले निरन्तर सेवामा रहेको जानकारी गराएका छन्। ‘कोही पनि विपन्न परिवार अक्सिजनको अभावमा मर्नु नपरोस्, यसका लागि सबै जुटौँ। हाम्रो टिम पनि सक्दो प्रयास गरिररहेको छ,’ पलले भनेका छन्।

अघिल्लो लकडाउनमा पनि पल कोरोना महामारीविरुद्धको अभियानमा सक्रिय भएका थिए। उनले फिल्म प्राविधिकहरुलाई पाँच लाख रुपैयाँको खाद्यान्न सहयोग गरेका थिए।

प्रकाशित: May 13, 2021| 08:11 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्