सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ट्विटरपछि कंगनालाई इन्स्टाग्राममा पनि झड्का, भन्छिन्, ‘यहाँ पनि टिकिएलाजस्तो छैन’

ट्विटरपछि कंगनालाई इन्स्टाग्राममा पनि झड्का, भन्छिन्, ‘यहाँ पनि टिकिएलाजस्तो छैन’

केही दिनअघिमात्रै ट्विटरले उनको अकाउन्ड सस्पेन्ड गरिदिएको थियो। त्यसपछि उनले आफ्ना कुराहरु इन्स्टाग्राममा राख्न सुरु गरेकी थिइन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

एजेन्सी- बलिउड अभिनेत्री कंगना रनावट कोरोना पोजिटिभ देखिएपछि यतिबेला होम आइसोलेसनमा छन्।

केही दिनअघिमात्रै ट्विटरले उनको अकाउन्ड सस्पेन्ड गरिदिएको थियो। त्यसपछि उनले आफ्ना कुराहरु इन्स्टाग्राममा राख्न सुरु गरेकी थिइन्। कोरोना पोजिटिभ भएको पोस्ट पनि उनले इन्स्टाग्रामबाटै सेयर गरेकी थिइन्। तर उनको त्यो पोस्ट इन्स्टाग्रामले डिलिट गरिदिएको छ। तर, यसको कारण कंगना स्वयम्लाई थाहा छैन। 

कोभिडलाई सहजै परास्त गर्ने आशयको उनको पोस्ट हटेपछि यो सब कोभिड फ्यान क्लबको कमाल हुनसक्ने उनको आशंका छ। आइतबार इन्स्टाग्रामको स्टोरीमा उनले लेखेकी छिन्, ‘इन्स्टाग्रामले मेरो एउटा पोस्ट डिलिट गरिदिएको छ किनभने मैले कोभिडलाई तहसनहस पार्दिन्छु भन्ने धम्कीले कसैको भावनामा आहत पु¥याएछ। मतलब कम्युनिस्ट र टेरोरिस्टसँग सहानुभूति राख्नेहरुबारे सुनेको थिएँ... कोभिड फ्यान क्लब...गज्जब रहेछ। इन्स्टाग्राममा आएको बल्ल दुई दिन हुँदैछ तर एक साताभन्दा बढी टिकिएलाजस्तो छैन।’

के लेखेकी थिइन् कंगनाले ?

कंगनाले एक दिनअघि हेल्थ अपडेट दिँदै लेखेकी थिइन्, ‘म बितेका केही दिनदेखि निकै थकान र कमजोरी महसुस गरिरहेकी थिएँ। आँखामा हल्का जलन भएको थियो। हिमाचल जाने सोचिरहेको थिएँ त्यसैले हिजो कोरोना टेस्ट गराएँ। आज रिपोर्ट पोजिटिभ आयो। मैले आफूलाई क्वारेन्टाइनमा राखिसकेँ। मलाई थाहा थिएन कि यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको थियो। बल्ल मलाई थाहा भयो र म अब यसलाई ध्वस्त पारिदिन्छु। आफ्नो  शरीरमा कुनै पनि शक्तिलाई हाबी हुन दिन्नँ। यदि तपाई डराउनुभयो भने यसले तपाईलाई झन डराउन दिन्छ। आउनुस् यसलाई परास्त पारौँ। कोभिड केही होइन, सिर्फ केही समयको फ्लू हो। हरहर महादेव।’

किन भयो ट्विटर अकाउन्ड सस्पेन्ड ?

कंगना केही दिनदेखि पश्चिम बंगालमा भइरहेको सियासी हिंसामाथि गरेको टिप्पणीका कारण विवादमा तानिएकी थिइन्।

उनले आफ्नो सोसियल मिडिया पोस्टमार्फत् बंगालकी मुख्यमन्त्री ममता बनर्जीप्रति ‘ताड्का’, ‘खून की प्यासी’ जस्ता शब्द प्रयोग गरिसकेकी थिइन्। जसलाई आपत्तिजनक मान्दै ५ दिनअघि ट्विटरले उनको अकाउन्ड सस्पेन्ड गरिदिएको थियो। यद्यपी यसले कंगनामा कुनै असर भने परेन। अहिले आफ्नो कुरा राख्नलाई उनी अर्को सोसियल मिडिया प्लेटफार्मको सहारा लिइरहेकी छिन्।

No description available.

प्रकाशित: May 10, 2021| 09:21 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्