शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद् बैठकद्वारा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस (सूचीसहित)

संवैधानिक परिषद् बैठकद्वारा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस (सूचीसहित)

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को आइतबार बसेको बैठकले ११ वटा संवैधानिक आयोगहरूमा रिक्त रहेका २० पदमा नियुक्तिको सिफारिस गरेको हो।

संवैधानिक परिषद्ले सिफारिस गरेका यी पदाधिकारीको नाम अब संसदीय सुनुवाइका लागि संघीय संसद्को सुनुवाइ समितिमा पठाउनुपर्नेछ। समितिले सुनुवाइ गरी अस्वीकृत नभएमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नेछिन्।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठकले रिक्त संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गरेको हो। 

यी हुन् सिफारिस भएका पदाधिकारी

लोक सेवा आयोग

अध्यक्षः माधवप्रसाद रेग्मी

सदस्यः माधव बेलबासे (कपिलवस्तु)

वीरबहादुर राई (इलाम)

दिनेश सिलवाल (ललितपुर)

मन्जु कुमारी (महोत्तरी)

अख्तियार दुरुपयोग अनसन्धान आयोग

आयुक्तः डा. हरि पौडेल(बागलुङ)

आयुक्तः सुमित्रा अमात्य (ललितपुर)

निर्वाचन आयोग

आयुक्तः सगुनशमसेर जबरा (रुपन्देही)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्यः विपिनराज निरौला (पाँचथर)

सुधा कुमारी झा (धनुषा)

महिला आयोग

सदस्यः जया घिमिरे (धनुषा)

सदस्यः सावित्राकुमारी शर्मा (पर्वत)

दलित आयोग

सदस्यः सुन्दर पुर्कोटी (काठमाडौं)

राष्ट्रिय समावेशी आयोग

अध्यक्षः डा. रामकृष्ण तिमिल्सिना(कास्की)

सदस्यः पुष्पराज तिमिल्सिना (पर्वत)

सदस्यः मानप्रसाद खत्री (बझाङ)

आदिवासी जनजाति आयोग

सदस्यः सूर्यवहादुर गुरुङ (खोटाङ)

मधेशी आयोग

सदस्यः आभा कुमारी (सप्तरी)

थारु आयोग

सदस्यः डा.उमाशंकर चौधरी (नवलपरासी पश्चिम)

मुस्लिम आयोग

सदस्यः मोहम्मद समसुल हक(सर्लाही

प्रकाशित: May 10, 2021| 06:38 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।