काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो। चाँदीका सिक्का १० ग्राम र २५ ग्राम बिक्रीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
यसपटक सुनचाँदी मूल्य बढेसँगै चाँदीका सिक्का तथा मेडालिनको मूल्य बढाउनुपरेको राष्ट्र बैंकले बताएको छ। संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।
यसअघि ४५०० रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार पुगेको छ। १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट रुपैयाँबाट २ हजार रुपैयाँ कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ।

१५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३८०० बाट ४ हजार १ सय, ३१.१०३ ग्रामको राज्यारोहण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९५०, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहण ७ हजार २ सयबाट बढाएर ७ हजार ८५० रुपैयाँ पुगेको छ।







तस्बिरः नेपाल फोटो लाइब्रेरी