शनिबार, असार १४, २०८२

ओलीले आफ्नो प्रस्ताव नमानेपछि नेपाल असन्तुष्ट

‘जेठ २ मा मैले फर्कियौं भन्दा ओलीजीले मान्नु भएन।’
 |  बिहीबार, वैशाख ९, २०७८

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा एमाले वरिष्ठ नेता असन्तुष्ट देखिएका छन्। 

ओलीसँग बिहीबार र बुधबार दुई चरणमा भएको वार्तामा नेता नेपालले आफ्ना मागप्रति चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको उनी निकट एक नेताले नेपाल समयलाई जानकारी दिए।

नेता नेपालले पनि बिहीबार भएको वार्तापछि खासै प्रगति नभएको प्रतिक्रिया दिएका थिए। यस्तै नेपालले अर्को वार्ता निश्चित नरहेको बताएका छन्। 

नेता नेपालको भनाइ उधृत गर्दै एमालेका ती नेताले भने, ‘जेठ २ मा मैले फर्कियौं भन्दा ओलीजीले मान्नु भएन।’ २०७५ जेठ दुई गते माओवादी केन्द्रसँगको एकताभन्दा अघिल्लो अवस्थाबाट पार्टी गतिविधि अघि बढाउनुपर्ने नेपालको सर्त थियो। 

जिल्ला अध्यक्ष लगायत पदाधिकारी फेरिएको विषयमा पुरानै कमिटी कायम गर्राैं भन्ने प्रस्तावमा पनि ओलीले चासो नदेखाएको नेपालले बताएका छन्। वार्ताका क्रममा ओलीले कुनै नयाँ प्रस्ताव नगरेको ती नेताले जानकारी दिए।

नेपाललाई उधृत गर्दै ती नेताले भने, ‘उहाँ (ओली) ले नयाँ प्रस्ताव पनि केही गर्नु भएन। अर्को बैठक निश्चित छैन।’

प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भएको दाबी गरेका छन्। उनले भने, ‘लामो समयदेखि रहेको विवादको समाधान एकदुई दिनको वार्तामा हुँदैन। केही समय लाग्नेछ।’

नेपालले बिहीबार ओलीसँगको वार्तापछि केहीबेर दुगडसँग छलफल गरेका थिए। 

नेताद्वयबीच बुधबार र बिहीबार वार्ता भएको छ।  वार्तामा के भयो भन्नेबारे औपचारिक रुपमा केही सार्वजनिक भएको छैन। यद्यपि दुई नेताबीच लामो समयदेखि रहेको संवादहीनताको भने अन्त्य गरेको छ।

 

प्रकाशित: Apr 22, 2021| 11:26 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।