शनिबार, जेठ ३२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटीमा दाहालको ब्रिफिङ : दलहरूबीच घनीभूत छलफल जारी छ, एक-दुई दिनमै निष्कर्ष निस्कन्छ

स्थायी कमिटीमा दाहालको ब्रिफिङ : दलहरूबीच घनीभूत छलफल जारी छ, एक-दुई दिनमै निष्कर्ष निस्कन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सत्ता समीकरणका विषयमा घनीभूत छलफल भइरहेको बताएका छन्।
 |  मंगलबार, वैशाख ७, २०७८

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सत्ता समीकरणका विषयमा घनीभूत छलफल भइरहेको बताएका छन्।

पार्टी स्थायी कमिटी बैठकमा मंगलबार ब्रिफिङ गर्दै उनले ओलीलाई सत्ताबाट हटाउन कांग्रेसलगायत प्रतिपक्षी दलहरूबीच छलफल भइरहेको बताएका हुन्।

दाहालको भनाइ उधृत गर्दै स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, ‘दलहरूबीच सत्ता समीकरणका विषयमा घनीभूत छलफल भइरहेको छ। एक दुई दिनमा सकारात्मक निष्कर्षमा पुग्नेछौं।’

दाहालले मंगलबार पनि विभिन्न दलका नेताहरूसँग छलफल गरेको जानकारी दिए। दाहालले भनेका थिए, ‘निष्कर्ष ननिस्कएमा हामी त्यही हिसाबमा अघि बढ्छौं।’

स्थायी कमिटी बैठक भोलि पनि जारी रहनेछ।

प्रकाशित: Apr 20, 2021| 11:28 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।