मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • यस्तो बन्यो 'सिलौटोमा चटनी', प्रारम्भिक प्रतिक्रियाले कलाकारहरू उत्साही

यस्तो बन्यो 'सिलौटोमा चटनी', प्रारम्भिक प्रतिक्रियाले कलाकारहरू उत्साही

‘यो गीतको बोल र शब्दले गर्दा पनि यसमा काम गर्न लोभ लाग्यो,’ विगतमा एकसे एक हिट गीत दिएका गायक कुलेन्द्रले प्रतिक्रिया दिए, ‘राम्रो सृजनामा काम गर्दाको मजा नै अलग हुन्छ।’
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौँ- ‘गीत अलिक पहिला नै तयार भइसकेको थियो तर अहिले माहोल बन्यो र छायांकन गरेर बाहिर ल्याइयो,’ आफ्नो पछिल्लो सिर्जना ‘सिलौटोमा चटनी’ सार्वजनिक गरिसकेपछि संगीतकर्मी कस्तुप पन्तले भने, ‘गीतमा लोक स्टारहरुसँगको सहकर्म भएकाले पनि यो गीतले तरंग पैदा गर्ला भन्ने अपेक्षा गरेको छु।’

हुन पनि सर्जक पन्तको रचना तथा संगीत रहेको ‘सिलौटोमा चटनी’मा सहकार्य गर्न लोक स्टारहरु कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, प्रिती आले र ज्योति मगर पनि जुटे।

गीतमा आवाज कुलेन्द्र र समीक्षा अधिकारीको रहेपनि यसको श्रव्य-दृश्यमा भने गायक खाँड, गायिका आले र मगरलाई पनि देख्न सकिन्छ।

‘यो गीतको बोल र शब्दले गर्दा पनि यसमा काम गर्न लोभ लाग्यो,’ विगतमा एकसे एक हिट गीत दिएका गायक कुलेन्द्रले प्रतिक्रिया दिए, ‘राम्रो सृजनामा काम गर्दाको मजा नै अलग हुन्छ।’

आफ्नै युटुब च्यानल कस्तुप पन्तबाट गीत सार्वजनिक गरेपछि यसले पाएको प्रारम्भिक प्रक्रियाले पन्त उत्साहित देखिएका छन्।

‘गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ,’ उनले सुनाए, ‘एउटा सर्जकलाई सकारात्मक प्रतिक्रिया पनि पुरस्कार नै हो।’

लोकदोहोरी संरचनाको यो गीतको भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् भने दृश्य सम्पादनको जिम्मा अमृत चापागाँईको रहेको छ।

भिडियो

प्रकाशित: Apr 20, 2021| 10:42 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्