शनिबार, जेठ ३२, २०८२

ओली क्याबिनेटमा संसद् सदस्य नभएका सात मन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सात सदस्य बिना संसद् सदस्य मन्त्री बनेका छन्। 
 |  आइतबार, वैशाख ५, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सात सदस्य बिना संसद् सदस्य मन्त्री बनेका छन्। 

माओवादी केन्द्रको कारबाहीमा परेर संसद् पद गुमाएका रामबहादुर थापालाई ओलीले फेरि गृहमन्त्रीमा नियुक्त गरेसँग संसद् सदस्य नभए पनि मन्त्री बन्नेको संख्या सात पुगेको हो। 

गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। पार्टीको कारबाहीसँगै थापाको राष्ट्रियसभा सदस्य पद गुमेको थियो। राष्ट्रियसभा सदस्य नरहँदा उनको गृहमन्त्री पद पनि गुमेको थियो। 

प्रधामन्त्री केपी ओलीले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका छन्। थापाको पद तथा गोपनीयताको शपथ आइतबार साँझ हुने कार्यक्रम छ।

ओलीले यसअघि माओवादी कारबाहीपछि संसद् सदस्य गुमाएका चार नेतालाई मन्त्री बनाइसकेका छन्। ती मन्त्रीमा टोपबहादुर रायमाझी (ऊर्जा जलस्रोत तथा सिञ्चाइ), लेखराज भट्ट (उद्योग वाणिज्य तथा आपूर्ति), गौरीशंकर चौधरी (श्रम रोजगार तथा सामाजिक सुरक्षा) र प्रभु साह (सहरी विकास) छन्।

अब यी पाँचै मन्त्रीको हैसियत एमाले नेताका रूपमा रहेको छ। यस्तै ओलीको मन्त्रिपरिषद्मा युवा तथा खेलकुदमन्त्री दावा लामा र खानेपानीमन्त्री मणि थापा पनि गैरसांसदका रूपमा मन्त्री बनेका छन्। 

उनीहरू दुवै पनि एमाले नेताका हैसियतमा मन्त्री भएका हुन्। सातै मन्त्रीलाई सरकारले संविधानको धारा ७८ उपधारा २ बमोजिम मन्त्री पदमा नियुक्त गरेको हो।

यसरी नियुक्त मन्त्री ६ महिनाभित्र संसद् सदस्य बनिसक्नुपर्छ। अन्यथा उनीहरू मन्त्री पदबाट स्वतः हट्नेछन्। 

प्रकाशित: Apr 18, 2021| 06:43 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।