मंगलबार, असार ३, २०८२

जब शुभचिन्तकले अमिताभको आँखाको ज्याेति गुमिसकेकाे सोचे ...

बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। हालै उनले आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। हालै उनले आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

अमिताभले बैजनी रंगको कोटमा कालो चस्मा लगाएका छन्। उनले पुरानो तस्बिर सेयर गर्दै लेखेका छन्, 'ती पनि क्या गज्जब दिन थिए, जुन समयमा आँखामा चस्मा लगाउनु त्यति सहज थिएन। मैले कालो चस्मा लगाएर समारोहमा जाँदा मानिस मेराे ज्याेति गुमेको ठान्थे।'

उनको तस्बिरलाई थुप्रै शुभचिन्तकले रुचाएका छन्।  अमिताभ टेलिभिजन कार्यक्रममा मात्र नभएर सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। उनले पछिल्ला दिनमा युवावस्थाका आफ्ना तस्बिरहरू सार्वजनिक गरिरहेका छन्।

उनी अहिले पनि फिल्मी दुनियाँमा सक्रिय छन्। अमिताभ 'ब्रह्मास्त्र', 'झुन्ड' र 'चेहरे' मा देखिने भएका छन्। ब्रह्मास्त्रमा अमिताभसँगै रणबीर कपूर र आलिया भट्ट पनि मुख्य भूमिकामा देखिने भएका छन्।

प्रकाशित: Apr 18, 2021| 05:05 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्