आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

केन्द्रको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकै निर्देशनमा फ्लोर क्रस गरेका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं– कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकै निर्देशनमा फ्लोर क्रस गरेका छन्।

नेकपा एमालेको माधव–झलनाथ पक्षका चारजना सांसदले संसदीय दलको निर्णयविरुद्ध फ्लोर क्रस गरेका हुन्। सांसद प्रकाश ज्वालाले आफूहरुले पार्टीको निर्देशनअनुसार नै फ्लोर क्रस गरेको प्रतिक्रिया दिए।

‘केन्द्रबाट नेताहरुले नै निर्देशन दिएपछि त्यसैको पालना गरेर फ्लोर क्रस गरेका हौं,’ उनले नेपाल समयसँग भने। अब पार्टी अध्यक्षले कारबाही गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले कारबाही स्वीकार्ने बताए।

‘केन्द्रमा हाम्रा नेताहरुलाई त धमाधम कारबाही गरिएको छ। अब हामीलाई कारबाही भए पनि नयाँ कुरो भएन’, उनले भने, ‘जे कारबाही भए पनि हामीलाई आपत्ति भएन।’

पार्टीको निर्णयबाहिर गएका कारण तत्कालै उनीहरुलाई कारबाही सिफारिस गर्ने तयारी नेकपा एमाले कर्णाली प्रदेश कमिटीले तयारी गरेको छ। 

फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गरेर निष्कासन गरेमा उनीहरुको सांसद पद गुम्नेछ।

चार सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मत दिएका थिए। फ्लोर क्रस गर्ने चारै सांसद एमालेको माधवकुमार समूहका हुन्।  

सांसदहरु  नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका थिए। 

प्रकाशित: Apr 16, 2021| 12:15 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।