बुधबार, असार ४, २०८२

'आक्रामक' फुटबल खेलाउने प्रशिक्षक फेसबुकमा 'एक्टिभ'

नेपालले विश्वकप छनोटका लागि आगामी जेठ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। प्रशिक्षण सुरु हुन अझै केही समय बाँकी रहेकाले उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसमा पनि फेसबुक उनको समय व्यतीत गर्ने 'राम्रै' माध्यम बनेको छ। 
 |  शनिबार, चैत २८, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, चैत २८, २०७७

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू मातहतका देशको राष्ट्रिय टिम प्रशिक्षकका लागि 'प्रो-लाइसेन्स' अनिवार्य गरेपछि नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आधिकारिक रुपमा राष्ट्रिय टिम सम्हाल्न पाएनन्। 

महर्जनको कार्यकाल कार्यकारी जस्तो मात्र बन्यो। त्यसअघिका प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि एन्फाले खोजेको नयाँ प्रशिक्षक हुन् कुबेतका अब्दुल्लाह अल्मुताइरी।

कतारी फुटबल एसोसिएसनको सहयोगमा नेपाल आएका उनले नेपाली राष्ट्रिय टिम सम्हाल्नेलगायत अन्य प्राविधिक कुरामा पनि सहयोग गर्नेछन्। उनी एएफसी कोचिङ कोर्सका इन्स्ट्रक्टरका रुपमा केही समयअघि नेपाल आएका थिए।

चैत २२ गते राष्ट्रिय टिम सम्हाल्ने जिम्मा पाएका अल्मुताइरीले पछिल्लो थ्री नेसन्स कपमा नेपालको प्रदर्शनले आफू सन्तुष्ट नभएको बताएका थिए।

‘थ्री नेसन्स कपको प्रदर्शनले तपाईं सन्तुष्ट हुनुहुन्छ होला, म छैन। अब नेपालले अझै राम्रो फुटबल खेल्नुपर्छ,’ मुख्य प्रशिक्षक नियुक्त भएपछि उनले भनेका थिए, ‘अब नेपालले डिफेन्सिभ होइन, आक्रामक खेल्नुपर्छ।’

सिनियर टिममा प्रशिक्षणको अनुभव नभएका उनी धेरै योजना लिएर नेपाल आएको बताउँछन्। उनलाई पछिल्लो तीन वर्षमा नेपाली टिमका खेलाडी र उनीहरूको रेकर्ड हिस्ट्री याद छ। त्यसकै उपयोग गरेर खेलाडी छनोट गर्ने उनी बताउँछन्।

नेपालले विश्वकप छनोटका लागि आगामी जेठ १ गते बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। प्रशिक्षण सुरु हुन अझै केही समय बाँकी रहेकाले उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसमा पनि फेसबुक उनको समय व्यतीत गर्ने 'राम्रै' माध्यम बनेको छ। 

फेसबुकले उनलाई निकै आकर्षित गरेको छ। फेसबुक ग्रुपमा पोस्ट गर्ने मात्र होइन, त्यसमा लाइक, कमेन्ट र कम्मेन्ट रिप्लाई गर्नसमेत भ्याइरहेका हुन्छन् उनी। 

नेपाल आएका पछिल्ला प्रशिक्षक सामाजिक सञ्जालमा उति धेरै सक्रिय रहेको पाइँदैन। प्रशिक्षक बागलगोपाल धेरै समय सामाजिक सञ्जालमा खर्च गर्न मन पराउँदैनन्। त्यसअघिका स्विडिस प्रशिक्षक कालिनले पनि धेरै समय सामाजिक सञ्जालका लागि दिने गरेका थिएनन्। अल्मुताइरी भने अरुभन्दा फरक देखिन्छन्। सामाजिक सञ्जालमा धेरै मानिसले पठाएका म्यासेजको रिप्लाई पनि गरेका छन्।

अल्मुताइरीको फेसबुक एकाउन्टमा अप्रिल ७ अघिका पोस्ट भने छैनन्। उनले त्यसयता ५ वटा पोस्ट गरेका छन्। ती पोस्टमा केही फुटबल समर्थकले उक्त अकाउन्ट नै 'फेक' भनेर कमेन्ट पनि गरेका छन्। 'फेक' भन्नेको संख्या धेरै भएपछि उनले एउटा भिडियो सन्देश नै जारी गर्दै आफ्नो उक्त एकाउन्ट फेक नभएको जानकारी गराएका छन्। 

‘नमस्ते! म अब्दुल्ला अल्मुताइरी। नेपाली राष्ट्रिय टिमको हेड-कोच। र, यो मेरो फेसबुकको रियल एकाउन्ट हो। यो फेक होइन। तपाईंहरू सबैले मलाई म्यासेज गर्न सक्नुहुनेछ। तर रिप्लाईका लागि मलाई समय लाग्छ,’ उनले भिडियो सन्देशमा भनेका छन्।

बिहीबार दिउँसो जारी गरेको भिडियोमा उनले आफूलाई प्राप्त भएकामध्ये ८० प्रतिशत म्यासेजको रिप्लाई गरेको बताएका छन्। उनले सबैलाई रिप्लाई गर्नका लागि समय माग गरेका छन्। 

अल्मुताइरीको भिडियो सन्देश

अल्मुताइरीले सामाजिक सञ्जालमा पोस्ट गर्दा नेपाली भाषाको प्रयोगसमेत गरेर नेपालीलाई प्रभावित गर्ने प्रयास पनि गरेका छन्। 

यति मात्र होइन, उनले फेसबुक ग्रुपमा पनि पोस्ट गरेका छन्। नेपाली फुटबल फ्यान्स नामक ग्रुपमा पनि उनको पोस्ट देख्न सकिन्छ। ‘म सबै नेपालीले गर्व गर्न लायक नेपाली टिम बनाउन प्रतिबद्ध छु। नेपाल देशका लागि फाइट गर्नेछु,’ उक्त पोस्टमा भनिएको छ। 

कम्मेन्ट सेक्सनमा शुभकामना दिने धेरैलाई उनले रिप्लाई दिँदै धन्यवाद फर्काएका छन्। उनको पोस्टमा नेपाली 'ए' लाइसेन्स प्राप्त गरेका प्रशिक्षक, राष्ट्रिय टिमका खेलाडीलगायतले रियाक्ट गरेका छन्।

फेसबुकसँगै इन्स्टाग्राममा पनि सक्रिय देखिन्छन् अल्मुताइरी। इन्स्टाग्राममा उनलाई २ हजार ८०६ जनाले फलो (यो समाचार तयार पार्दाको समयमा) गरेका छन्। उनले ६०९ जनालाई फलो गरेका छन्।

को हुन् अल्मुताइरी?

कुवेती नागरिक अल्मुताइरी एएफसी प्रो डिप्लोमा कोचिङ लाइसेन्स बाहक हुन्। उनले कुवेत र साउदी अरबका विभिन्न क्लब सम्हालिसकेका छन्।

किर्गिस्ताको यू–१६ टिमको मूख्य प्रशिक्षकका रूपमा पनि उनले काम गरिसकेका छन्। ‘मैले नेसनल सिनियर टिमको प्रशिक्षण गराएको छैन। क्लब र उमेर समूहको टिममा अभ्यास गराएको छु। सन् २०११ बाट फुटबल प्रशिक्षण थालेको हुँ। सुरुमा कुवेतको एक टिममा काम गरेको थिएँ,’ मुख्य प्रशिक्षकको जिम्मेवारी ग्रहण गर्दै उनले भनेका थिए।

३९ वर्षीय अल्मुताइरीको खेलयात्रा खासै लामो छैन। चोटका कारण खेलमा फर्कन नसकेका उनले आफू २९ वर्षको हुँदा नै फुटबल प्रशिक्षण थालेका थिए।

प्रकाशित: Apr 10, 2021| 02:00 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।