शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा।आशा सिंहलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेका छन्।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पीओएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन्।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धी पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिँड्नु नपर्ने जानकारी दिए।

प्रकाशित: Apr 09, 2021| 03:08 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्